प्रधानमन्त्रीलाई मोबाइलमा सीधै 'म्यासेज' पठाएवापत सरकारका सचिव पक्राउ र केरकारमा परेको घटना सतहमा आएपछि मलाई एउटा पुरानो घटना याद आयो ।
२०५३/०५४ तिर दैलेखमा बुद्धिसागर त्रिपाठी प्रमुख जिल्ला अधिकारी हुनुहुन्थ्यो । धार्मिक स्वभावका र ज्योतिषशास्त्रमा रुचि राख्ने ती सज्जन प्रशासक पछि सोलुखुम्बुमा माओवादी हमलामा मारिनुभयो । घटना विवरण यस्तो थियो:
२०३१ सालमा दरबारमा श्री ५ वीरेन्द्रको राज्याभिषेकका अवसरमा अधिकृत तहका कर्मचारीलाई राजाकै उपस्थितिमा रात्रिभोज दिइएको थियो । खानपिनको राम्रै व्यवस्था थियो । राजा–रानी स्टेजमा राज होइबक्सेको थियो । पिउने क्रम बढ्दै जाँदा वातावरण अलि तामसी बन्दै गएको थियो । त्यही बेला केशरबहादुर केसी (पुरातत्व विभागका महानिर्देशक) लाई पिसाबले च्यापेछ । जुरुक्क उठेर उहाँले सीधै मञ्चमा रहेका राजातिर फर्केर सोध्नुभयो, ‘सरकार, यहाँ ट्वाइलेट कता छ ?‘
राजाले सामान्य रुपमा हातले ईशारा गरेर शौचालय देखाइदिनुभयो ।
घटना यतिमै रोकिएन ।
दरबार प्रशासनले 'राजासँग अशिष्ट व्यवहार गरेका कारण तपाईंलाई जागिरबाट किन नहटाउने ?' भनेर स्पष्टीकरण सोध्यो। केशरबहादुर केसी साह्रै विद्वान, पुरातत्व क्षेत्रका नाम कहलिएको मानिस हुनुहुन्थ्यो । उहाँले एकपटक राजासँग दर्शनभेटको माग गर्नुभयो र पाउनुभयो ।
राजासँग भेट हुनासाथ केसीले लम्पसार परेर भन्नुभएछ, ‘सरकार ! यस भक्तको कुनै दोष छैन । मैले त्यस दिन के सोधेँ, के गरेँ भन्ने मलाई कुनै सम्झना पनि छैन । त्यस दिन जे भयो, सरकारले बक्सेको झोलका कारण भएको हो । मलाई केही पनि थाहा छैन ।'
राजा वीरेन्द्रले ‘ए, यतिका लागि भेटेको ? मलाई यादै थिएन । त्यस्तो सामान्य मानवीय कुरामा पनि के चिन्ता लिएको ?‘ भनेपछि घटना साम्य भयो ।
बुद्धिसागर त्रिपाठी लामो समय केशरबहादुर केसीको निजी सचिव भएर बस्नुभएको रहेछ । केसी पछि चीनका लागि शाही नेपाली राजदूत पनि बन्नुभयो । उहाँका पुस्तक पनि प्रकाशित छन् ।
आज गणतन्त्र हो । सचिवमाथि थप कारवाही त नहोला नि है !
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया