एकजना माननिय सांसद गर्जिए—
"मेयरको सरुवा गरिदिने!"
सुन्नेले सोचे—अब त स्थानीय सरकार पनि कर्मचारी सरह फाइल बोकेर जिल्ला–जिल्ला घुम्ने भएछ!
उता भएका एउटै विद्वान अर्थमन्त्री गम्भीर मुद्रामा भन्नुहुन्छ—
"३५०० रुपैयाँ तिरेर १ लाखको जोखिम बहन गर्न सकिन्न।"
अब कसैले उहाँलाई बीमाको आधारभूत सिद्धान्त सम्झाइदिने कि? बीमा भनेको सबैले थोरै–थोरै योगदान गरेर थोरैलाई परेको ठूलो जोखिम सामूहिक रूपमा धान्ने व्यवस्था हो, प्रत्येक व्यक्तिले तिरेको रकम बराबरको सुविधा तुरुन्तै फिर्ता पाउने योजना होइन।
तर के गर्नु!
हामीकहाँ ज्ञानभन्दा आत्मविश्वास धेरै छ।
कानुन नबुझी कानुनको व्याख्या हुन्छ।
अर्थशास्त्र नबुझी अर्थतन्त्रको पाठ पढाइन्छ।
संविधान नपढी संवैधानिक अधिकारको भाषण हुन्छ।
उत्तरदायित्वभन्दा उद्घोष धेरै हुन्छ।
कहिलेकाहीँ लाग्छ, नेपालमा विज्ञहरूको अभाव छैन—विषय मात्रै फरक-फरक छ। कृषि नजानेले कृषिको नीति बनाउँछ, शिक्षाको अनुभव नभएकाले शिक्षा सुधारको सूत्र दिन्छ, अर्थशास्त्र नबुझ्नेले अर्थतन्त्रको व्याख्या गर्छ, र संविधानको मर्म नबुझ्नेले लोकतन्त्र बचाउने भाषण गर्छ।
खाँटी कुरा के भने, समस्या बुद्धिको अभाव होइन, आफूलाई सबैभन्दा बुद्धिमान् ठान्ने प्रवृत्तिको बाढी हो।
देशमा साँच्चै बुद्धिको छेलोखेलो छ—
फरक यति हो कि,
बुद्धि भन्दा बुद्धि प्रदर्शन धेरै छ,
ज्ञानभन्दा ज्ञानको अभिनय धेरै छ,
र जिम्मेवारीभन्दा माइक समात्ने हौसला धेरै छ।
यस्तै हो भने भोलि कसैले भन्न पनि बेर लाउँदैन्न—
"प्रधानमन्त्रीको पनि सरुवा गरिदिने!"
र अर्कोले थप्ला—
"देश चलाउन त फेसबुकको एउटा स्टाटस नै काफी छ!"
त्यसपछि हामी फेरि गर्वका साथ भन्नेछौँ—
"नेपालमा प्रतिभाको कमी छैन; कमी त केवल विवेक प्रयोग गर्ने बानीको हो!"
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया