Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ फागुन ०५ गते बिहिबार

कस्तो इँटा बलियो हुन्छ ? इञ्‍जिनियर अनुप ढुंगानाको टिप्स

 

कस्तो इँटा बलियो हुन्छ ? इञ्‍जिनियर अनुप ढुंगानाको टिप्स

घर बनाउँदा नभई नहुने निर्माण सामाग्रीको सूचिमा इँटा पनि पर्छ । घरमा गारो लगाउन, कम्पाउन्ड घेर्न, पार्टेसन गर्नका लागि इँटा प्रयोग गरिन्छ । बजारमा माटो, कंक्रिट, एएसी लगायत विभिन्‍न अप्सनमा इँटा पाइन्छन् ।

पहिले पहिले घरमा इँटाको गारोले पुरै घरको भार थेग्‍नुपरथ्याे । पहाडका गाउँतिर ढुंगाको गारो लगाउने हुँदा घरको भार ढुंगाले थेग्‍नुपर्छ । तर, पछिल्लो समय आरसीसी (कंक्रिट) घर बन्‍न थालेका छन् । अब इँटाको गारोले घरको भार थेग्‍नुपर्दैन, आरसीसी घरमा भार बहन गर्ने पिलर र बिमले हो । 

इँटाको काम भनेको पार्टेसन गर्ने र कोठा छु्ट्याउने मात्र हो । त्यसैले इँटा एकदम बलियो राख्छु, मोटो राख्छु भनेर सोँच्‍नु पर्दैन । त्यसो भन्दै गर्दा कमजोर फुटी हाल्ने खालको इँटा प्रयोग गर्ने पनि ठिक होइन । 

तर, इँटा जहिल्यै राम्रोसँग पाकेको छनोट गर्नुपर्छ । दुईवटा इँटा ठोक्याउँदा आवाज निस्कनुपर्छ । पानीमा राख्दा धेरै पानी सोस्‍ने र फुलिने इँटा राम्रो हुँदैन । सजिलै फुट्ने टुक्रिने खालको इँटा पनि प्रयोग गर्नु हुँदैन । 

तपाइँले आफ्नो इन्जिनियरको मद्दत लिएर इँटाको स्ट्रेन्थ चेक गर्न पनि सक्नुहुन्छ ।

इँटाको साइडमा चाबी बनाएको खालको इँटा रोज्‍नुहोस् । यस्तो चाबीले इँटामा सिमेन्टको मसला राखेर सेटिङ गरिसकेपछि इँटा र मसलाको जोइन्ट बलियो पार्न मद्दत गर्छ  । मेसिनले काटेको चारतिरै सम्म भएको ईट्टा प्रयोग गरेको राम्रो हुन्छ ।

पछिल्लो समय माटोको रातो इँटाको सट्टामा विभिन्न अल्टरनेटिभ इँटाहरु एएसी ब्लक लगायत बजारमा आइसकेका छन् । ती इँटाहरुको प्रयोग पनि धेरै हुन थालेको छ । यी इँटाको प्रयोग गर्दा मूल्य कम पर्नुका साथै निर्माण कार्य पनि चाँडै सम्पन्‍न गर्न सकिन्छ ।

इँटाको विशेषता

माटोको इँटासबैभन्दा पुरानो निर्माण सामग्रीहरू मध्ये एक हो। माटोको  इँटाहरू सबैभन्दा लोकप्रिय र प्रमुख निर्माण सामग्रीहरू मध्ये एक हो किनभने  इँटा सस्तो र टिकाउ छ र अाकारमा सानो हुने भएकाले काम गर्न सजिलो हुने । बाहिरी पर्खाल, विभाजन, स्तम्भ, आधार र अन्य लोड सहन सक्ने संरचनाहरूका लागि  इँटाहरू प्रयोग गरिन्छ।

इँटाको गुणस्तर सामग्री अनुसार फरक हुन्छ, अर्थात्, उत्पत्तिको माटो र बनाउने प्रक्रिया। त्यसैले माटोको इँटालाई मुख्यतया ४ वटा वर्गमा वर्गीकृत गरिएको छ जसमा अब्बल यानी  एक नब्बर  इँटा र दुइ नब्बर  इँटा । एक नब्बर  को इँटा सबैमध्ये उत्कृष्ट हुन्।

 

राम्रो गुणस्तर भएका इँटाको विशेषताहरु

०१. इँटा बनाउने माटो:

इँटा बनाउने माटो ढुङ्गा, कंकड़,, कार्बनिकपदार्थ, शोरा  र  हानिकारक रसायन आदिबाट मुक्त हुनुपर्छ।

०२. इँटाको नाप:

इँटाहरूमा एउटै साइज, समानान्तर किनाराहरू र तीखो सीधा किनारहरू र समकोणीय सतहहरू हुनुपर्छ। निर्माणको लागि प्रयोग गरिने इँटाहरू जुनसुकै भएता पनि, तिनीहरूको आकार एक समान हुनुपर्छ। राम्रो ईंटको लम्बाइ 3 मिमी र चौडाइ र उचाइ 1.5 मिमी भन्दा बढी हुनु हुँदैन।

इट्टाको मानक आकार 190x90x90 हो।

 

०३ आकार:

राम्रो ईंटहरू आकारमा समान हुनुपर्छ। इट्टाको किनाराहरू तीखो, सीधा र समकोणीय   हुनुपर्छ।

 

०४. इट्टाको  रंग:

इट्टा राम्रोसँग जलेको हुनुपर्छ र एक समान तामाको रंग  जस्तै हुनुपर्छ। कम र धेरै जलेको इट्टाहरूले सतहमा रङको एकरूपता र यसको बलियोपन गुमाउँछ। राम्रो गुणस्तरको इँटाहरू सधैं समान रङको हुनुपर्छ।

0५. आवाज:

राम्रोसँग जलेको इँटाले हथौडा वा अन्य कुनै इट्टाले प्रहार गर्दा धातुको जस्तै आवाज आउनु पर्छ।

 

०६  कडापन

इट्टा यति कडा हुनुपर्छ कि तिखो बस्तुले कोतर्दा पनि कुनै असर नहुनेहोस्।

 

0७. बलियोपन:

IS कोड अनुसार इट्टाको कम्प्रेसिभ बल कम्तिमा 35 N/mm² हुनुपर्छ।

 

0८. बनावट र ठोसपना:

इट्टाको सतह यति नरम हुनु हुँदैन कि प्लास्टर चिप्फोस । इट्टाको बनावट एकसमान र ठोस हुनुपर्छ। चर्किएको सतहमा दरार, प्वाल र चूनाको गाँठो देखीनु हुँदैन।

 

०९. पानी अवशोषण:

२४ घन्टा पानीमा डुबाउँदा राम्रो इँटाको पानी सोस्ने क्षमता त्यसको सुख्खा तौलको २०% भन्दा बढी हुनु हुँदैन।

 

१०. ईंटको फ्रोग:

इँटामा उचित फ्रोग हुनुपर्छ ताकि प्लास्टरलाई भ्फ्रोगमा राम्ररी भर्न सकीयोस। फ्रोगको आकार 100 मिमी लम्बाइ, 40 मिमी चौडाइ र 10 मिमी गहिराइ हुनुपर्छ।

 

माटोको इट्टाहरू संसारभरका सबै प्रकार र वर्गका भवनहरूमा प्रयोग गरिन्छ। राम्रो गुणस्तरको इट्टाहरूमा वायुमण्डलीय प्रभावको प्रतिरोध गर्ने क्षमता हुन्छ। माटो प्रचुर मात्रामा पाइने ठाउँमा इँटाको काम सस्तो हुन्छ तर अहिले प्राकृतिक माटोको अभाव भएकोले हामीले वैकल्पिक निर्माण सामग्री जस्तै फ्लाई ऐश इट्टा, एएसी ब्लक, सुक्खा पर्खाल आदि खोज्नुपर्छ ।


#घरनिमार्ण

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>