Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ कार्तिक २३ गते बुधबार

चुनावकाे मुखमा राप्रपा कंचपुरलाई झट्का, पार्टि निकट मुख्य पाच जना पत्रकारले छाेडे पार्टि ।

प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनकै मुखमा राष्ट्रिय प्रजातन्त्र पाटी निकट कञ्चनपुरका पाँच पत्रकारले संगठन परित्याग गरेका छन । राप्रपा निकट पत्रकार संगठन मिडिया नेपाल कञ्चनपुरका पाँच नेताहरुले संयुक्त रुपमा पाटी परित्याग गरेका हुन । बुधबार एक विज्ञप्ती जारी गर्दै संगठन परित्याग गरेको घोषणा गरेका छन ।

मिडिया नेपालका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष धुव्रराज अवस्थी, उपाध्यक्ष निर्मला बोहरा, सचिव केशव जोशी, कोषाध्यक्ष शम्भु प्रशाद भट्ट र सदस्य कल्पना चौधरीले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै संगठन परित्याग गरेको घोषण गरेका हुन । संगठनका गतिबिधी निष्कृय अवस्थामा रहेको र मिडिया नेपालको शुभेच्छुक पार्टीले संगठन जोगाउन र बलियो बनाृन कुनैपनि भूमिका नखेलिरहेकाले आजैका मितिदेखि संयुक्त राजिनामा दिएको घोषणा गरेका छन ।

राप्रपा कञ्चनपुरले क्षेत्र ३ संघ र (ख) बाहेक कञ्चनपुरका सबै क्षेत्रमा उम्मेदवार अघि सारेका छन । चुनावकै मुखमा राप्रपा निकट पत्रकारले संगठन परित्याग गरेसंगै राप्रपाका उम्मेदवारलाई क्षति हुने स्वयम मिडिया नेपालका नेताहरुले बताईरहेका छन ।

प्रतिक्रिया