Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ मङि्सर ०४ गते आइतबार

माैन अवधिमा पैसा वाडेकाे आराेपमा २ वडा अध्यक्ष पक्राउ ।

मौन अवधिमा निर्वाचन आचारसंहिता विपरित पैसा बाँडेको र चुनाव प्रचारप्रसारमा हिँडेको भन्दै जितपुरसिमरा उपमहानगरका २ जना वडाध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उपमहानगरका वडा नं ७ का वडाअध्यक्ष सुनिल गुप्ता र वडा नं ६ का वडाअध्यक्ष कैयमुदिन अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । बहालवाला  जनप्रतिनिधि भएर निर्वाचन आचारसंहिता विपरीत मौन अवधिमा मतदातालाई प्रभाव पार्न पैसा बाँडेको र चुनावी प्रचारप्रसारमा  हिँडेको भन्दै वडाध्यक्षद्वय गुप्ता र अन्सारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। प्रहरी नियन्त्रणमा लिएका दुवै वडाअध्यक्ष एमालेका हुन् । 

इलाका प्रहरी कार्यालय सिमराले उनीहरूलाई नियन्त्रणमा लिएलगत्तै एमाले कार्यकर्ताहरूले प्रहरी कार्यालय अगाडि नाराबाजी समेत गरेका थिए । करिब १ घन्टापछि माफी मगाएर उनीहरूलाई छाडिएको  प्रहरीले जनाएको छ ।

प्रतिक्रिया