Samriddhipost
२०८१ बैशाख ३० गते आइतबार
महेन्द्रनगर
२०७९ पुष २१ गते बिहिबार

यस्ताे छ आजकाे माैसम

देशका पहाडी भू–भागमा आज बिहान आंशिक बदली रहेको छ । तराईका अधिकाँस भू–भागहरूमा बाक्लो हुस्सु/कुहिरो लागिरहेको छ ।

जल तथा मौसम विज्ञान विभागले आज दिउँसो प्रदेश–१ को पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ को हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति प्रदेश–१ को पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

हिमपात र बाक्लो हुस्सु/कुहिरो लाग्ने भएकाले दैनिक जनजीवन र सडक तथा हवाई यातायात सेवा प्रभावित हुनसक्ने विभागको भनाइ छ । 


#माैसम

प्रतिक्रिया