Samriddhipost
२०८१ बैशाख ३० गते आइतबार
महेन्द्रनगर
२०७९ पुष २५ गते सोमबार

सुदूरपश्चिम समेतका प्रदेसमा हिमपात,बदलि र हुस्सु कुहिराे ।

देशका पहाडी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ भने तराईका केहि भू-भागहरूमा हुस्सु/कुहिरो लागिरहेको अवस्था छ।

सोमवार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश , गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

भोलि मंगलबार पनि देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम आंशिक बदली देखी सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।


#माैसम

प्रतिक्रिया