Samriddhipost
२०८१ बैशाख २९ गते शनिबार
महेन्द्रनगर
२०७९ माघ ०२ गते सोमबार

आजकाे माैसम आशिक बदली र हिमपातकाे सम्भाना ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। देशको तराइका भू-भागमा हुस्सु / कुहिरो लागेको छ।

हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा  समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाकाको अनुरोध छ।

महाशाखाका अनुसार सोमवार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ। देशको उच्च पहाडी तथा हिमाली पहाडी भू-भागहरूका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।


#माैसम

प्रतिक्रिया