Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ माघ ०४ गते बुधबार

कञ्चनपुरमा थारु समुदायको माघी पर्व कार्यक्रम भब्य रुपमा सम्पन्न ।
फाटाे आदित्य जाेशी

कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका धरमपुरमा माघी पर्व कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।

मंगलबार सुतिया थारु युवा समाज तथा बेदकोट नगरपालिका वडा-५ स्तरीय वडा घर समितिको आयोजनामा नगरपालिका-५ वडा धरमपुर श्री मुक्तिनाथ आधारभूत विद्यालयको प्राङ्गणमा माघी बिशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।


“राष्ट्रिय एकता म विविधता हमार शान,थारु भाषा,संस्कृति बचौना हमार अभियान “भन्ने मुल नाराका साथ थारुहरुको संस्कृति जोगाउनका लागि यो कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश निवर्तमान सामाजिक विकास मन्त्री लाल बहादुर खड्का रहेका थिए ।

त्यस्तै बिशिष्ट अतिथिमा बेदकोट नगरपालिका निवर्तमान मेयर अशोक चन्द  रहेका थिए । त्यस्तै कार्यक्रममा अन्य जनप्रतिनिधिहरु,पत्रकार, बुद्धिजीवी ,स्थानीयहरु लगायतको उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा बिभिन्न किसिमका थारु संस्कृति झल्किने पहिरन लगाएर  नृत्य प्रदर्शनी गरिएको थियो ।


#माघि

प्रतिक्रिया