Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
बिकास सिह महता बिकास सिह महता
२०७९ फागुन २८ गते आइतबार

निल हिरा समाज केन्द्रीय अध्यक्ष गुरुङ पुरस्कृत

निल हिरा समाज केन्द्रीय अध्यक्ष नगद सहित पुरस्कृत भएकी छन् ।

सनिवार एक कार्यक्रमको आयोजनाका साथ निल हिरा समाज केन्द्रीय अध्यक्ष पिङ्की गुरुङ लाई नगद सहित पुरस्कृत गरेको हो।

निरन्तर २२ बर्ष देखी नेपालमा यौनिक तथा लैङिक अल्पसंख्यक समुदायको हित उत्थान र वकालत अनि समुदायको क्षमता अभिवृद्धि गर्दै समुदायमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै निल हिरा समाज केन्द्रिय अध्यक्ष गुरुङ लाई जोइन्ट क्लब अफ काठमाडौले नगद रु २५ हजार सहित पुरस्कृत गरेको थियो।

क्लबले देखाएको यो माया सद्भाव प्रती निल हिरा समाजले हार्दिक धन्यवाद समेत व्यक्त गरेको छ।

क्लबले गरेको सम्मानले थप अन्य समुदायहरुलाई केही गर्ने प्रेरणा र हौसला मिलेको अध्यक्ष गुरुङले बताउनु भयो। उनले,यस सम्मान प्रति संस्था , सम्पूर्ण समुदाय र आफ्नो व्यक्तिगत तर्फबाट जोइन्ट क्लब अफ काठमाडौ प्रति हार्दिक आभार प्रकट गरेकि छन ।


#निलहिरा अध्यक्ष

प्रतिक्रिया