Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
दाेधारा चादनी
२०७९ चैत १४ गते मङ्गलबार

दोधारा चाँदनीमा १५ सैया अस्पताल तिब्र गतिमा निर्माण हुँदै, मेयर लिम्बुद्धारा अनुगमन ।

दोधारा चाँदनी नगरपालिकामा १५ सैया अस्पताल तिब्र गतिमा  निमार्ण हुँदै गरेकाे छ । निर्माण क्रममा रहेकाे अस्पताल दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बुले अनुगमन गरेका छन् । दोधारा चाँदनी नगरपालिकाका मेयर लिम्बु सहितको एक टोलीले मंगलबार निमार्णका क्रममा रहेको १५ सय्या अस्पतालको अनुगमन गरेका हुन् ।

दोधारा चाँदनी नगरपालिकामा १५ सय्याको अस्पताल निमार्ण कार्यले तिब्रता पाएको छ। निमार्ण क्रममा मध्यवर्ती क्षेत्रको कारण केही समस्या देखा पर्दै आएपनि निमार्ण कार्य सुचारु भईरहेको मेयर लिम्बुले बताएका छन ।

दोधारा चाँदनी नगरपालिकामा १५ सय्याको अस्पताल निमार्ण गर्न नेपाल सरकारको घोषणा संगै दोधारा चाँदनी नगरपालिका– ६ महाकाली नदी नजिक निमार्ण कार्यले तिब्रता पाएको हो । केएस जेवी बाशुलिङ्ग मित्र जेवीको झण्डै रु. १० करोड ८५ लाखमा निमार्ण कार्य तिब्र रुपमा गरिरहेकाे छ । दुई तले भवनमा लिफ्ट लगाएत आधुनिक सुबिद्या रहेको र भुईतला निर्माण भै दाेस्राे तलामा काम गरिरहेकाे केएस जेवी बाशुलिङ्ग मित्र जेवीका प्रवन्धक अनिल पाँण्डेले बताएका छन् ।

दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, वडा सदस्य गगन बहादुर सिंह, हिमालय मध्यवर्ती ब्यवस्थापन समिति चाँदनीका अध्यक्ष पदम बहादुर सिंह, निमार्ण ब्यवसायी धिर प्रताप पाण्डे लगाएत टोलीले निमार्ण कार्यको स्थालगत अनुगमन गरेका हुन् । मेयर लिम्बुले निमार्ण कार्यमा लागेका सामग्री, निमार्ण कार्यको अवस्था बुझन अनुगमन गरेको बताएका छन् । निमार्ण कार्य सन्तोषजन रहेको मेयर लिम्बुले जनाएका छन्।

गएको वर्ष देखि निमार्ण कार्य सुरु गरिएको उक्त निर्माधिन अस्पताल यहि अषाढ मसान्तमा सम्पन्न गर्ने निमार्ण कम्पनीले लक्ष्य राखेको छ् । दोधारा चाँदनी नगर क्षेत्रमा आधुनिक सुबिद्या सम्पन्न अस्पताल निमार्ण भए संग स्वास्थ्य क्षेत्रमा फड्को मार्ने बिश्वास लिईएको छ् ।

दाेधारा चाँदनि नगरका स्थानियले १५ सय्याको अस्पताल निमार्ण संग स्वास्थ्य क्षेत्रमा प्रगती हुने बिश्वास लिएका छन् । बिगतका दिनहरुमा भारतिय सिमा शहरहरुमा महंगा अस्पतालमा पुगेर खर्चिलो स्वास्थ्य सेवा लिदै आएका नगरबासीले घर नजिकै सस्तोमा स्वास्थ्य सेवा पाउने आशा ब्यक्त गरेका छन ।
यस्तै अस्पतालहरु केपि शर्मा ओलि प्रधानमन्त्री कालमा घाेषणा भएका थिए । धेरैजसाे स्थानिय तहमा शिलान्यास मात्र भएका छन ।


#अस्पताल निर्माण

प्रतिक्रिया