Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ चैत १९ गते आइतबार

डिजल पेट्राेलकाे मूल्य घटेर आउदा समेत घटेन मूल्य । यस्ताे घटेकाे मुल्य ।

इन्डियन आयल कर्पोरेसन  (आईओसी)ले नेपालका लागि आपूर्ति गर्दै आएको पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । शनिबार अप्रिल १ मा पठाएको नयाँ मूल्यअनुसार डिजेल, पेट्रोलको मूल्य घटेर आएको हो । नयाँ मूल्यअनुसार पेट्रोलमा एक रुपियाँ ७४ पैसा र डिजेलमा ५ रुपियाँ ०५पैसा, मट्टितेलमा ३ रुपैया ४० पैसा मूल्य घटेर आएको र यलपिजि ग्याँसमा मूल्य बढेर ३३९ रुपैपा ०६ पैसा बढेर आएकाे नेपाल आयल निगमले जनाएको छ । 

आईओसीले १५-१५ दिनमा नयाँ मूल्य पठाउने गर्छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दै गएकाले नयाँ मूल्य घटेर आएको हो । यसरी मूल्य घटेर आउदा समेत आयल निगमले मूल्य यथावतै राख्ने जनाएकाे छ ।

निगमले भारतिय निगमलाई पुरानाे बक्याैता र सरकारलाई तिर्नुपर्ने रकम तिर्न बाकि रहेकाे मूल्य यथावत राख्नुपर्ने अवस्था रहेकाे जनाएको छ । निगमले पछिल्लो समय पेट्रोलियम पदार्थ खरिदबापत आईओसी र सरकारको ऋण गरेर १६ अर्ब बक्यौता तिर्नुपर्ने थियो । हाल नाफामा रहेका कारण उक्त बक्यौता घटेर १२ अर्ब हाराहारीमा आइपुगेको छ ।

हाल बजारमा पेट्रोलको खुला बिक्री मूल्य प्रतिलिटर १७८ रुपियाँ र डिजेलको १७५ रुपियाँ कायम छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दै गए पनि सो अनुपातमा स्थानीय बजारमा मूल्य समायोजन नगर्दा निगमलाई पेट्रोलमा प्रतिलिटर आठ रुपियाँ र डिजेलमा प्रतिलिटर १५ रुपियाँ नाफा रहेको छ । अन्तर्राष्ट्रिय बजारमा बैङ्किङ क्षेत्रमा देखिएको मन्दी र समस्याका कारण कच्चा तेलको खपतमा कमी आएको र त्यसले मूल्यमा गिरावट ल्याउँदै आएको छ । 

प्रतिक्रिया