Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ चैत २० गते सोमबार

स्वावलम्बनमा लगायाे बहुमतले चाबि, यस्ताे छ आराेप ।

नेपाल कम्युनिस्ट पार्टी (बहुमत )कञ्चनपुर कृष्णपुर नगरकमिटि द्धारा कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका गुलरियामा रहेकाे स्वावलम्बन लघुबित्तमा साेमबार तालाबन्दी गरेकाे छ ।

किस्ता उठाउने नाममा जनतालाई सास्ती दिने गरेको, चर्को ब्याजदर,सेवा,शुल्क ,बिमाको नाममा लुटपाट मच्चाएको भनी तालाबन्दी गरेको बहुमत स्राेतले जानकारी दिएकाे छ ।


सेयर सदस्यहरुको गम्भीर समस्या परेको बेला पनि बचत फिर्ता मागेको बेला बचत नदिएको, किस्ता तिराउने नाममा जनतालाई जबर्जस्ती गरि सास्ती दिने गरेको अनि हिसाब किताब पारदर्शी नभएको र सेयर सदस्य हरुको बचत पास बुक नियन्त्रणमा राखेको भनी तालाबन्दी गरेको बताएको छ ।
सेयर सदस्यहरुलाइ ब्याजदर /सेवा शुल्क घटाउन माग गर्दा सुनुवाइ गर्नुको सट्टा उल्टै लघुबित्त बाट हटाउने सेयर र बचत पनि फिर्ता नदिने धम्की दिने गरेको भनी आपत्ति जनाएको छ ।


#लघुबित्तमा तालाबन्दी

प्रतिक्रिया