Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
धनगढी
२०८० जेठ १६ गते मङ्गलबार

मिटरब्याजि बिरुद्ध कैलाली प्रशासनमा २४४ निवेदन दर्ता ।

कैलालीमा मिटरब्याजी विरुद्ध दुई सय ४४ उजुरी परेका छन्। सरकारले मिटरब्याजी विरुद्ध उजुरी दिन आह्वान गरेपछि २ सय ४४ मिटरब्याज पीडितले जिल्ला प्रशासन कार्यालय कैलालीमा उजुरी दिएका हुन्।

उजुरी परेका मिटरब्याज आराेपिहरुलाई जिल्ला प्रशासन कार्यालयमा बोलाई मिलापत्र गराउने र मुद्दा चलाउन मिल्ने माथि सम्पत्ति शुद्धीकरणलगायत मुद्दा प्रक्रिया अगाडि बढाइने बताइएको छ। मिटरब्याजी साहुले लिएको ऋणभन्दा बढीको कागज बनाएको र ऋण तिरे पछि पनि अझ धेरै ऋण बाँकी रहेको भन्दै कागज देखाएर घर घडेरी नै आफ्नो नाममा पास गर्न थालेपछि त्यस विरुद्ध पीडितले प्रशासनमा उजुरी दर्ता गएका हुन्।

सरकारले अध्यादेशमार्फत अनुचित लेनदेनसम्बन्धी कानुन बनाएर उजुरी लिन सुरु गरेको थियो।


#मिटरब्याजि

प्रतिक्रिया