Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८० भदौ २९ गते शुक्रबार

पेट्राेलियम तेलकाे मूल्य बृर्धि

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकले पेट्रोलको प्रतिलिटर १ तथा डिजेल र मट्टितेलको प्रतिलिटर ३ रुपैयाँ मूल्यवृद्धि गरेको हो । 

इन्डियन आयल कर्पोरेशनले शुक्रबार नै पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ १२ पैसा तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ ९१ पैसा वृद्धि गरेर निगमलाई नयाँ मूल्यसूची पठाएको थियो । सोहीअनुसार स्वचालित मूल्य प्रणालीका आधारमा मूल्य अभिवृद्धि करसहित समायोजन गरेर मूल्यवृद्धि गरेको निगमले विज्ञप्तिमार्फत जनाएको छ । 

प्रतिक्रिया