Samriddhipost
२०८१ बैशाख ३० गते आइतबार
महेन्द्रनगर
२०८० असोज १४ गते आइतबार

कंचनपुरमा भारतले सिमा मिचेकै हाे ? क्रान्तिकारी युवाँले बुझाए ज्ञापन पत्र ।

सिमामा भारतले एकलाैटि पिल्लर निर्माण गरेकाे भन्दै क्रान्तिकारी युवाँ संगठनले बुझायाे ज्ञापनपत्र ।

कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ०९ मटैनाको खल्ला नजिकै भारतले सिमास्तम्भ निर्माण गरेकाे भन्दै क्रान्तिकारी युवाँ संगठनले आईतबार कंचनपुर प्रशासन मार्फत गृह र परराष्ट्र मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको हाे ।

कंचनपुरकाे मटेना नजिक महाकाली किनारमा रहेकाे खल्ला बस्ति नजिक नेपाल भारतको सिमामा रहेको ८१२ / १ नम्बर पिल्लर बाढीले २०७८ मा बगाएपछि भारतले एकपक्षीय तरिकाले अन्दाजि २५० / ३०० मिटर तल अर्को नयाँ पिल्लर निर्माण गरीएको ज्ञापनपत्रमा उल्लेख छ ।

मौखिक रुपमा सशस्त्र प्रहरी कार्यालय कञ्चनपुरलाई खबर गर्दा पनि बेवास्ता गरेको विषयप्रति संगठनको गम्भिर ध्यानाकर्षण भएको ज्ञापनपत्रमा उल्लेख गरिएकाे छ ।

भारतीय पक्षले ८१२ / १ नम्बर पिल्लर २००/३०० मिटर तल सारि पुनः निर्माण भएको पिल्लरको विषयमा सत्यतथ्य फिल्ड अनुगमन गरि हाम्रो नेपाली भुमि १ ईन्च पनि नघटाउने गरी तत्काल पहल गर्न नेपाल सरकारसँग जोडदार माग गर्दै जिल्लाका हरेक सिमानाहरु पुनः वास्तविक रेखाङ्कनका लागि पुनः जोडदार माग गर्दछौं, हाम्रो संगठनले उठाएको यो गम्भिर विषयप्रति नेपाल सरकारले कुनै खालको पनि चाँसो नदेखाएमा हाम्रो संगठन सिमा सुरक्षाका लागि जस्तोसुकै संघर्षमा होमिने कुरा यसै ध्यानाकर्षण पत्र मार्फत जानकारी गराइन्छ ईन्चार्ज कमल संयाेजक भूवन हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख छ ।

यसबारेमा बुझ्न कंचनपुरका प्रमुख जिल्ला अधिकारी गाेपाल कुमार अधिकारिलाई सम्पर्क गर्दा अहिले सम्म सिममा यस्ताे भएकाे बिषय नखुलेकाे र फिल्डबाट रिपाेर्ट लिन पठाउने बताएका छन ।
यस्तै सिमा जिम्मा लिएकाे शसस्त्र प्रहरी स्राेतले दुबै देशकाे सहभागिता बिना यसरी सिमामा एक्लै पिल्लर स्थापना हुन नसक्ने मर्मत गर्नुपर्दा समेत दुबैपक्षकाे सहभागिमा काम गरिरहेकाे बताएका छन ।

यसरी सिमामा एक पिल्लर ढलेकाे देखिएकाे छ भने ढलेकाे पिल्लरकाे नजिकै करिव २-३ सय मिटरमा अर्काे पिल्लर बनेकाे देखिन्छ । स्थानियले बनेकाे पिल्लरकाे ठाउँमा पहिला पिल्लर नभएकाे बताएका छन ।

प्रतिक्रिया