Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० कार्तिक ०४ गते शनिबार

महेन्द्रनगरमा खसिबाेकाे व्यापार घट्याे ब्यावसायी, यस्ताे छ कारण

खडक ब. काेलि- खसिबाेकाकाे व्यापार घट्दा व्यापारी चिन्तित भएका दशैकाे बेला व्यापार गर्न डडेल्धुराको परशुराम नगरपालिका बाट कञ्चनपुरकाे महेन्द्रनगरमा खसी बोका बिक्री गर्ने व्यापारीहरुले गत वर्षभन्दा ब्यापार घटेको बताएका छन् ।

छिमेकी राष्ट्र भारतकाे बनबसा र ब्रह्मदेव नाकाबाट अबैध खसीबोका आयात हुने भएकोले हामीले बिक्री गर्ने खसीबोका बिक्री नभएको परशुराम नगरपालिका खसि ब्यापारि मन बहादुर बाेहराले बताएका छन् गत वर्ष दुई सयभन्दा बढी खसीबोका ल्याएर पनि बिक्री हुन्थे यसपालि १५० वटा  खसी बोका ल्याउँदा पनि बिक्रीमा कमी आएकाे आएको ब्यापारि बोहराले बताए ।

बाख्रा पालनमा कृषक को संख्या बढेको उपभाेग गर्ने युवाँ जनशक्ति विदेश पलायन भएका कारणले पनि ब्यापार घटेको परशुरामनगरपालिका वाड नम्बर  ८का धनबहादुर धामी काे भनाई छ।  उनले भने कृर्षक बाख्रापालनमा चासो दिनु राम्रो भएपनि वनबसाबाट अबैध खसीबोका प्रतिबन्ध लगाउनु पर्ने बताएका छन्।  सरकारले अबैध रुपले आयात हुने खसी बाेका राेक्न सके नेपाली ब्यावसायीकाे उत्पादन सहज रुपमा बजार पाउने अवस्था हुन्थ्याे ।

प्रतिक्रिया