Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
झलारि
२०७९ बैशाख २४ गते शनिबार

शुक्लाफाँटामा माधव पन्त किन नगर उप–प्रमुखमा ?

अरुण भट्ट -                                                   माधव पन्त तत्कालीन नेकपा एमाले निकट विद्यार्थी संगठनका एक प्रभावशाली विद्यार्थी नेताका रुपमा परिचत थिए । नेकपाको विभिजन संगै माधव पन्त पनि नेकपा (एकीकृत समाजवादी) तिर लागे अहिले एकीकृत समाजवादी निकट विद्यार्थी संगठनका केन्द्रिय उपाध्यक्ष र पार्टी प्रदेश कमिटी सदस्य रहेका छन् । उनले आफ्नो राजनितीक यात्रा संगैै अध्ययनलाई पनि निरन्तरता दिदै आएका छन् ।
युवा नेता पन्त तत्कालीन अनेरास्ववियु कञ्चनपुरको अध्यक्ष, केन्द्रिय कमिटीको सचिव, शैक्षिक विभाग प्रमुख जस्ता पदमा रहेका थिए । अहिले समाजवादी पार्टी निकट अनेरास्ववियु केन्द्रिय कमिटी उपाध्यक्ष रहेका छन् ।
त्रिभुवन विश्व विद्यालयको अंग्रेजी र राजनिती शास्त्र विषयमा स्नातक, कुटनितीक इतिहास विषयमा पिएचडि स्कलर, कानुनमा स्नातक गरेका पन्त नगरको उप प्रमुख पदमा आफुले कुशल नेतृत्व गर्न सक्ने बताउछन् । शुक्लाफाँटा नगरपालिकाका क्षेत्रका महिला, बालबालीका, जेष्ठ नागरिकका लागी आफ्नो नेतृत्वमा समाजिक न्याय, समानता र जिवन स्तर सुधारका विभिन्न आयाममा आफुले काम गर्ने योजना रहको बताएका छन ्। कानुनमा स्नातक भएकाले आफु उमेदवार भएको पद नगर उप–प्रमुखमा न्यायको निरुपणका लागी सहज हुने बताउछन् । आफु निश्पक्ष न्याय र शुसाशन सहितको समृद्ध शुक्लाफाँटा नगरको पक्षमा भएको बताएका छन् ।
नेकपा (एकीकृत समाजवादी) पार्टीेले शुक्लाफाँटामा नेकपा(माओवादी केन्द्र) संग चुनावी गबन्धन गरेको छ । गठबन्धन दलहरुले आफ्ना भागमा रहेका नगर प्रमुख र उप प्रमुख पदहरुमा तालमेल गर्दै नगर प्रमुख पद माओवादी केन्द्र र समाजवादीबाट नगर उप प्रमुख
  पद दिईएकोछ । दुई पद मध्येबाट एक पदमा अनिवार्य महिला हुनुपर्ने कानुनी बाध्यता छ । दुबै दलले एक पद छाडेपछि गठबन्धनमा दुबै दलबाट पुरुष उमेदवार परेका हुन ।
गत कार्यकालमा महिला, बालबालीका र जेष्ठ नागरिकहरुको लागी आवश्यक निती तर कार्यक्रम नबनेको बताउदै आफु यस विषयमा गम्भिर रहेको बताएका छन् । माधव पन्त संगै उस्तै हैसियत र शैक्षिक योग्यता बोकेका अर्को पार्टी नेकपा(माओवादी केन्द्र)बाट नगर प्रमुख पदका उमेदवारमा नवराज ऐर रहेका छन् । नवराज ऐरले त्रिभुव विश्व विद्यालयबाट कानुन र राजनिती शास्त्रमा स्नातक गरेका छन् । दुवै उच्च शिक्षा हासील गरेका युवा जोडीलाई नगरमा धेरैले अरु दल र स्वतन्त्र उमेदवारका तुलनामा अब्बल र योग्य ठहराई रहेका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>