Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ बैशाख २८ गते बुधबार

नेकपा माओवादी केन्द्रले बेलौरीमा एमाले नेता कार्यकर्ताद्वारा समाजवादीका उप मेयरका उम्मेदवार नन्द कुमार राना सहितका नेता कार्यकर्तामाथि गरिएको कुटपिटको भत्र्सना गरेको छ । 

माओवादी केन्द्र बेलौरी नगरले एक प्रेस विज्ञप्ती जारी गर्दै एमाले बेलौरीका ४ वडाध्यक्षका उम्मेदवार अर्जुन ढकाल र उनकी श्रीमतीको समुहले समाजवादीका मेयरका उम्मेदवार राना र प्रदेश सदस्य तिलक भट्टमाथि गरिएको हमलाको भत्र्सना गरिएको छ । 

माओवादी केन्द्र बेलौरी नगर अध्यक्ष लाल बहादुर चौधरीले हस्ताक्षर गरेको विज्ञप्तीमा घटनाको भत्र्सना गर्दै दोषि उपर कार्बाहीको माग अघि सारेको छ । यस अघि नेकपा एकीकृत समाजवादी बेलौरी, जिल्ला र प्रदेशले छुट्टाछुट्टै प्रेस विज्ञप्ती जारी गर्दै घटनाको भत्र्सना गर्दै दोषि उपर कार्बाहीको माग अघि सारेका छन । समाजवादी कञ्चनपुरका जिल्ला सचिव हरक सिह धामीले हस्ताक्षर गरेको विज्ञप्तीमा हमलाको भत्र्सना गरेको छ । नेकपा एमाले बेलौरीका नेता एव ४ का वडाध्यक्षका उम्मेदवार अर्जुन ढकालले आफ्ना नेता कार्यकर्ताले कुनैपनि समाजवादीका नेताकार्यकर्तालाई कुटपिट नगरिएको बताए । उनले निर्वाचनका बेला यतिकै उचालेको र झुटा आरोप भएको बताए । श्रीमतीको नाम आफु वडाध्यक्षको उम्मेदवार भएकाले जोडिएको बताए । समाजवादी बेलौरीमा उपमेयरका उम्मेदवार राना तिलक भट्ट पहिले एमाले नेता नै हुन । उनीहरु एमाले परित्याग गरेर समाजवादीमा प्रवेस गरेसंगै एमाले नेता कार्यकर्ता रुष्ट भएका छन । बेलौरीमा एमाले नेता कार्यकर्ता समाजवादीका नेता कार्यकर्तामाथि कुटपिटमा उत्रिएपछि समाजवादीले समेत एमाले नेता कार्यकर्ता कुटपिटको भत्र्सना गर्दै कार्बाही नगरिए आन्दोलनको चेतावनी दिएका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>