Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ मङि्सर १३ गते मङ्गलबार

नक्कलि प्रशासकिय अधिकृत पक्राउ ।

जिल्ला प्रहरी कार्यालय बागलुङले नक्कली प्रकासकिय अधिकृतलाई पक्राउ गरेको छ। गोरखाको सहिद लखन गाउँपालिका घर भई जिल्ला प्रशासन कार्यालय बागलुङको परिसरमा आफुलाई जिल्ला प्रशासन कार्यालयको प्रशासकीय अधिकृत बताउने आकाशचन्द्र परियारलाई प्रहरीले पक्राउ गरेको हो।

आईतबार दिउँसो पौने चार बजेको समयमा परियारले आफुलाई प्रशासन कार्यालयको प्रशासकीय अधिकृत भएको बताई ठगि गरिरहेको भन्ने सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी डिएसपी गंगाबहादुर थापाले बताए।

आफु जिल्ला प्रशासन कार्यालय बागलुङको प्रशासकीय अधिकृत बताई निजामति कर्मचारीको पोशाक सहित विभिन्न कार्यालयका छाप र दस्तखत भएका पत्रहरू, आकाश चन्द्र परियार प्रशासकीय अधिकृतको रबर छाप बोकिरेहको अवस्थामा फेला पारेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

परियारलाई पक्राउ गरी उनी बसेको होटलको कोठामा गई खानतलासी गर्दा विभिन्न सरकारी कार्यालयका छाप र दस्तखत भएका पत्रहरू, विभिन्न कार्यालयका छापहरू (स्ट्याम्प), ल्यापटप, नगद ६३ हजार रुपैयाँ, पेनड्राईभ लगायतका दशिका सामानहरू फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ।

नक्कली प्रकासकीय अधिकृत बताउने परियार विरुद्ध ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले बताए।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>