ढुंगा हानाहानपछि बन्द गरिएको दार्चुलाको नेपाल–भारत जोडने महाकाली नदीमाथिको अन्र्तराष्ट्रिय पुल नाका प्रहरीले खुलाएको छ। नाका खुलाएपछि वारि र पारि दुबै देशतर्फ फसेका यात्रु आआफ्नो गन्तव्यतर्फ लागेका छन्।
नेपालको दार्चुला र भारतको धार्चुला बजार आएका यात्रु पुल खुलेपछि आआफ्नो गन्तव्यतर्फ गएको प्रहरी निरीक्षक राजेश शाहीले बताए। सयौँ यात्रु वारिपारि फसेका थिए।
महाकाली नदीमा भारतले एकतर्फी ढंगले तटबन्ध निर्माण गरिरहेको भन्दै नेपाली नागरिकहरुले आज पनि विरोध गरेका थिए। विरोध गरिरहेकाहरुमाथि भारतबाट ढुंगा प्रहार गरिएको स्थानीय प्रत्यक्षदर्शीले बताए।
त्यसक्रममा चार जना नेपाली सामान्य घाइते भएका थिए। ती मध्ये एउटा बालक छन्। उनी घरको आँगनमा खेलिरहेका थिए। भारतीय नागरिकले वारि ढुंगा हानेपछि नेपालीहरुले पनि प्रतिकार गरेका थिए।
विरोधमा उनीहरुले नेपाल–भारत जोड्ने महाकाली नदी माथिको पुलमा आवतजावत बन्द गरिदिएका थिए। प्रहरीले सामान्य बल प्रयोग गरी पुल खुलाएको जनाएको छ।
आइतबार करिब ४ बजेतिर यस्तो घटना भएको थियो। अहिले पनि तनाव मत्थर हुन सकेको छैन्।
केही समय यता सीमा क्षेत्रमा तटबन्धको विषयलाई लिएर द्धन्द्ध सुजना भइरहेको छ। त्यो समुदायस्तरमा समेत फैलिने चिन्ता अधिकारीहरुले गरेका छन्।
कालापानीको मुद्दाले पनि बल पाइरहेको अवस्थामा पछिल्लो तनावले उनीहरु झस्किएका छन्।
महाकाली नदी माथिको पुलले वारि दार्चुला र पारि भारतको धार्चुला जोड्छ। यहाँका नागरिक व्यापारिक र सामाजिक सम्बन्धका कारण एक–अर्कोमा निर्भर छन्।
भारतले पछिल्ला दिनमा तटबन्ध निर्माणलाई तीव्रता दिएको छ। नदीको धार परिवर्तन हुने गरी निर्माण भइरहेको तटबन्धले सदरमुकाम खलंगा जोखिममा पर्न सक्ने भन्दै स्थानीय आक्रोशित छन्।
भारतसामु नेपाली प्रशासन निरीह भएको आरोप उनीहरुले लगाउदै आएका छन्।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया