Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ मङि्सर १९ गते सोमबार

निर्वाचनमा अन्तरघात गर्नेहरुकाे नाम पुस १५ सम्म केन्द्रमा पठाउन निर्देशन ।

नेपाली कांग्रेसले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भएको अन्तर्घातको विवरण केन्द्रमा पठाउन निर्देशन दिएको छ । केन्द्रीय अनुशासन समितिले पुष १५ गतेभित्र केन्द्रमा आइपुग्ने गरी विवरण पठाउन निर्देशन दिएको हो । 

समिति संयोजक आनन्द ढुंगानाले तल्ला तहमा रहेका समितिहरुलाई विवरण बुझाउन आइतबार निर्देशन दिइएको जानकारी दिए ।
  
कांग्रेसभित्र अन्तर्घात र असहयोग भएको भन्दै चुनाव हारेका नेताहरु सार्वजनिक रुपमा बोलिरहेका छन्

पराजित उमेदवारहरुले पत्रकार सम्मेलन गरेर र सामाजिक सञ्जालबाट गुनासो गरिरहेका छन् । 

संयोजक ढुंगानाका अनुसार अन्तर्घात भएको र असहयोग गर्ने नेता र पार्टी सदस्यहरुको नाम समावेश गरेर निर्णयसहित विवरण पठाउन क्षेत्रीय, जिल्ला र प्रदेश अनुशासन समितिलाई निर्देशन दिइएको हो । 

“चुनावमा अन्तर्घात भएको र असहयोग गरेकाहरुको विषयमा निर्णय गरेर पुष १५ भित्र केन्द्रीय अनुशासन समितिमा पठाउन आईतबार निर्देशन जारी भएको छ,” उनले भने, “विवरण आएपछि केन्द्रीय अनुशासन समितिले आफ्नो काम कारबाही अघि बढाउँछ ।”

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>