Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ मङि्सर २९ गते बिहिबार

शसस्त्र प्रहरिमा एकै पटक ८ हजार ५ सयकाे सरुवा ।

 सशस्त्र प्रहरी बल नेपालले एकैपटक ८ हजार ४ सय ८८ जना जवानको सरुवा गरेको छ। सरुवा प्रयोजनका लागि केही समयअघि मात्र देशभरका जवानलाई उनीहरूको प्राथमिकताअनुसार तीन वटा युनिटमा नाम लेखाएर फारम नै भराइएको थियो ।

सोहीअनुसार सम्भव भएसम्म माग गरेबमोजिमको कार्यालयमा र सम्भव नभए नजिकको अर्को युनिटमा सरुवा गरिएको सशस्त्र मुख्यालयले जनाएको छ। यस्तै, सीमावर्ती इलाकाका युनिटमा लामो समय दरबन्दी भएका जवानलाई सीमा इलाकाबाहेक अन्यत्र सरुवा गरिएको छ।

सरुवाका लागि मुख्यालयस्थित उजुरी तथा गुनासो सुनुवाइ शाखामा प्राप्त निवेदन तथा गुनासोसमेत उच्च प्राथमिकतामा राखिएको थियो। यस्तै, मुख्यालयमा दरबन्दी माग गरेका ४५ जना जवानलाई समेत प्राथमिकतामा राखेर सरुवा गरिएको छ।

घर भएको जिल्लामा सरुवा नगरी सम्भव भएसम्म नजिकको जिल्ला र त्यो नभएमा नजिकको प्रदेशमा समेत मिलाएर सरुवा गरिएको छ। विगतदेखिकै सरुवासम्बन्धी गुनासोलाई सम्बोधन गर्दै श्रीमान् श्रीमतीलाई सम्भव भएसम्म एउटै कार्यालयमा सरुवा गरिएको छ।

मुख्यालयले फारम भराएर जवानको इच्छाअनुसारको कार्यालयमा सरुवा गरेको यो पहिलो पटक हो। यसबाट तल्लो दर्जाको कर्मचारीको मनोबल उच्च हुने र आगामी दिनमा सरुवासम्बन्धी गुनासोसमेत कम हुँदै जाने विश्वास मुख्यालयको छ। 



प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>