Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ पुष ०४ गते सोमबार

दार्चुलामा पुन सिमाकाे बिषयमा तनाव सृजना बिप्लप समुहले प्रहार गरे ढुङ्गा प्रहरिलाई राेक्ने हम्मे हम्मे ।

दार्चुलामा सिमाकाे बिषयमा पुनः तनाव सिर्जना भएकाे छ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भारत विरोधी प्रदर्शनले दार्चुला सदरमुकाममा तनाव सृजना भएको हाे ।

विप्लव कार्यकर्ताहरुले खलंगामा प्रदर्शन जारी राखेका छन्। उनीहरुले नेपालबाट भारततर्फ ढुंगा प्रहार गर्न थालेपछि सुरक्षाकर्मीलाई रोक्न हम्मे हम्मे भइरहेको छ। जिल्लाका विभिन्न स्थानबाट ओइरिएका कार्यकर्ताहरु भारत विरोधी नारा लगाउदै निर्माणाधिन तटबन्धनको वारि पुगेका छन्। 

प्रशासनले व्यापक रुपमा सुरक्षाकर्मी खटाएको छ। भारतले महाकाली नदीको धार नेपालतर्फ फर्काउने गरी एकतर्फी रुपमा निर्माण गरिरहेको तटबन्धको विरोध र ७ जना नेपालीमाथि लगाएको झुटा मुद्दा फिर्ताको माग गर्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता प्रदर्शनमा उत्रिएका हुन्।

उनीहरुलाई आक्रोशित स्थानीयबासिन्दाले पनि साथ दिएका छन्। केही दिन अघि भारतीयहरुले नेपालतर्फ ढुंगा प्रहार गर्दा चार जना बालक घाइते भएका थिए। तर, भारतीय पक्षले नेपालीहरुले ढुंगा प्रहार गर्दा कामदार घाइते भएको भन्दै ७ जनामाथि मुद्दा दर्ता गरेपछि स्थानीय आक्रोशित छन्।

नेपाललाई असर पुग्ने गरी निर्माण गरिएको तटबन्धको संरचना हटाउन भारतले सहमति जनाएपनि अझै कार्यान्वयन गरेको छैन्। उल्टै नेपालीमाथि झुटा मुद्दा लगाएको भन्दै भारतको आलोचना बढेको छ।

भारतले सीमा क्षेत्रका नेपाली नागरिकमाथि ज्यादती गरेको बताउदै उक्त पार्टीका कार्यकर्ता लामो समयदेखि विरोध गरिरहेका छन्। 

भारतद्धारा अतिक्रमित नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ताको मागसमेत उनीहरुले गरेका छन्। नेपाली प्रशासन भारतसामु निरीह भएको बताउदै उनीहरुले नाराबाजीसमेत गरेका छन्।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>