Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ पुष ०९ गते शनिबार

स्वतन्त्र निर्वाचित सान्सद लालबिर प्रवेश गरे नागरिक उन्मुक्ति पार्टि, बुहारिले टीका लाउदै भित्र्याउए पार्टिमा ।

बर्दिया क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लालबीर चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्। 

उक्त पार्टीका संरक्षक रेशम चौधरीका बुवा लालबीर स्वतन्त्र उम्मेदवारी दिएर सांसद निर्वाचित भएका थिए।

टीकापुर हत्याकाण्डका मुख्य योजनाकारको आरोपमा काठमाडौंको डिल्लीबजार कारागारमा कैद जीवन बिताइरहेका रेशमले आफ्नो उम्मेदवारी खारेज हुने सम्भावना देखेपछि आफ्ना बुवा लालबीरलाई स्वतन्त्र उम्मेदवारको रूपमा उठाएका थिए।

निर्वाचित भएपछि शुक्रबार लालबीर औपचारिकरूपमा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन्। उनलाई पार्टी अध्यक्ष तथा बुहारी रंजिता चौधरीले टीका लगाएर स्वागत गरिन्।

सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका सुरेश पन्थलाई १३६ मतान्तरले पराजित गरी लालबीर सांसद निर्वाचित भएका थिए।

कैलालीको क्षेत्र नं १, २ र ३ मा विजयी भएको नागरिक उन्मुक्ति पार्टीको अब संसदमा चार सीट गणना हुने भएको छ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>