Samriddhipost
२०८१ भदौ २३ गते आइतबार
महेन्द्रनगर
२०७९ पुष १९ गते मङ्गलबार

एमालेले बढायाे संसदकाे संङ्ख्या, स्वतन्त्र जितेका किरणलाई भित्र्यायाे पार्टिमा ।

रौतहट-२ का स्वतन्त्र सङ्घीय सांसद किरण कुमार साह  नेकपा एमाले पार्टीमा  प्रवेश गरेका छन् । सोमबार साँझ बालकोटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्र सांसद साहलाई एमालेमा प्रवेश गरेका हुन्। पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले स्वतन्त्र सांसद किरण साहलाई  खाँदा ओढाएर टीका लगाई  विधिवत् रूपमा पार्टी प्रवेश गराएका थिए ।

उक्त अवसरमा केपी शर्मा ओलीसँगै अर्थमन्त्री विष्णु पौडेल, रौतहट क्षेत्र १ का सङ्घीय सांसद प्रत्याशी अजयकुमार गुप्ता, प्रदेश सांसद प्रत्याशी राजकिशोर यादव, एमालेका स्थानीय नेता शेख फजिले हक लगायतको उपस्थिति रहेको थियो । 


गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवार किरण साहले तत्कालीन सत्ता गठबन्धनका उम्मेदवार तथा पुर्व 

मन्त्री हाल नख्खु कारागारमा रहेका महमद आफताभ आलमका छोरा फोर्दोस आलमलाई झन्डै ७ हजार मतको अन्तरले पराजित गरी विजयी भएका थिए । २०७७ सालमा जसपा परित्याग गरी एमालेमा प्रवेश गरेका उनी गत निर्वाचनमा क्षेत्र २ मा एमाले जसपा गठबन्धनबाट जसपाका उम्मेदवार शैलेन्द्र साहले प्रतिनिधिसभा सदस्यको टिकट पाएपछि एमाले छोडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । 

किरण साहलाई जिताउन प्रभु नेतृत्वको स्वतन्त्र जिताऊ अभियानमा भूमिका खेलेको भन्दै हालै गठन भएको आम जनता पार्टीमा किरण साहलाई विभागीय प्रमुखको जिम्मेवारी दिएको थियो । तर स्वतन्त्र जिताऊ अभियान एक जना लाई जिताउन मात्र सक्रिय रहेको तथा आफूलाई क्षेत्र २ का जनताले मत दिएर जिताएको भन्दै आम जनता पार्टीको जिम्मेवारी लिन सांसद  साहले अस्वीकार गरेका थिए । याे संगै एमालेकाे संसदिय दलमा १ जना सदस्य थप भएका छन ।


#एमाले

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>