Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ पुष २० गते बुधबार

काग्रेस सुदूरपश्चिम प्रदेश सभाकाे संसदिय दलमा शाह निर्वाचित ।

नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा कमलबहादुर शाह निर्विरोध निर्वाचित भएका छन् । आज बुधबार सो पार्टीको प्रदेश समितिले शुरु गरेको चुनावी प्रक्रियामा शाहको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

कांग्रेस स्रोतका अनुसार विहानसम्म केन्द्रीय सभापति शेर बहादुर देउवाका सहोदर भतिजा प्रकाश बहादुर देउवा निर्विरोध हुने सम्भावना थियो । तर सभापति देउवाले प्रकाशलाई पछि हट्न भन्दै शाहलाई दलको नेता बनाउन निकटस्थहरुलाई निर्देशन दिएका थिए ।

शाह हालै मात्र कांग्रेसको कैलाली जिल्लाको सभापतिको चुनावको क्रममा सभापति देउवा निकट भएका हुन । यस अघि उनी नेता प्रकाशमान सिंह निकट मानिन्थे ।

दलको नेताका लागि प्रदेश सभा सदस्य बहादुर सिंह थापा, दिवान सिंह विष्ट, मान बहादुर रावल, शिवराज भट्ट र मेघराज खड्का लगायतले आकांक्षा देखाएका थिए । सुदूरपश्चिममा काँग्रेसका १९ जना प्रदेश सभा सदस्य छन्। काँग्रेस प्रदेश सभामा ठूलो दल हो ।



प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>