Samriddhipost
२०८१ मङि्सर ०८ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ माघ ०९ गते सोमबार

माओवादि, एकीकृत समाजवादिका बिचमा हुन्छ त पार्टि एकता ।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबीच एकता प्रक्रिया अघि बढेको छ । दुई पार्टीबीच आइतबारदेखि औपचारिक रुपमा वार्ता प्रारम्भ भएको हो ।  नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले आइतबारदेखि दुई पार्टीबीच औपचारिक संवाद सुरु भएको जानकारी दिँदै संवादलाई निरन्तरता दिने सहमति भएको बताए । 

पार्टी एकताका लागि यसअघि नै दुबै पार्टीले पार्टी समिति बनाएको थियो भने सोही समितिमार्फत आइतबार माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाडामा पहिलो बैठक बसेको हो ।  पहिलो वार्तामा पार्टी एकता, वर्तमान र भविष्यको राजनीतिक यात्रा, वार्ता समितिहरुको कार्य जिम्मेवारी लगायत विभिन्न वैचारिक राजनीतिक विषयमा छलफल भएको थियो । यस्तै दुबै पार्टीले एकअर्काका दस्तावेजहरु आदानप्रदान गरेका छन् । 

वार्ता सकारात्मक रहेको र दुई पार्टीबीच सम्वादलाई निरन्तरता दिने सहमति भएको उनले उनको भनाइ छ । वार्तामा नेकपा माओवादी केन्द्रका तर्फबाट वार्ता समितिका संयोजक कृष्ण बहादुर महरासहित गिरिराजमणि पोख्रेल र शक्ति बस्नेत सहभागी थिए भने एकीकृत समाजवादीको तर्फबाट वार्ता समितिका संयोजक बेदुराम भुसालसहित प्रकाश ज्वाला र विजय पौडेलको सहभागिता थियो ।

यसअघि माओवादीले शनिबार नेपाल समाजवादी पार्टीसँग पनि वार्ता गरेको थियो । बैठकले तीन महत्त्वपूर्ण विषयहरूमा सहमति पनि गरेको थियो ।   बैठकमा सहभागि नेता स्राेतका अनुसार एकता शीघ्र सम्पन्न गर्न आ–आफ्नो पार्टीमा ठोस प्रस्ताव गरी पेस गर्ने तथा दुवै पार्टीको विधान र प्रतिवेदन लगायत दस्ताबेज आदानप्रदान गर्ने सहमति भएको छ । यसैगरी वार्ता टोलीको अर्को बैठक माघ १० गते बस्ने पनि सहमति पनि भएको छ । 

हालै विचार मिल्ने पार्टीहरुसँग एकताका लागि भन्दै माओवादी, एकीकृत समाजवादी, नेपाल समाजवादी र जसपासमेतले छुट्टाछुट्टै वार्ता समिति बनाएका थिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>