Samriddhipost
२०८२ चैत १७ गते मङ्गलबार
ट्रेन्डिङ
काठमाडौं
२०७९ माघ २० गते शुक्रबार

कुनै ब्याक्तिले उजुरि गर्दैमा राजनितिक दल खारेज हुदैन प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कुनै व्यक्तिले उजुरी गर्दैमा राजनीतिक दल खारेज नहुने बताएका छन् । शुक्रबार काठमाडौँमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन समिक्षा कार्यक्रममा बोल्दै प्रमुख आयुक्त थपलियाले संविधान र कानुनमा भएको व्यवस्थाले ब्यक्तिलाई सो अधिकार नहुने बताए ।  पत्रकारले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीका लागि आयोगमा उजुरी परेको बारेमा राखेको जिज्ञासाको जवाफ दिँदै थपलियाले सो कुरा बताएका हुन् ।

उनले भने– ‘कुनै राजनीतिक दलको दर्ता खारेजीको कुरा छ, त्यसलाई हामीले कानुन बमोजिम टुङ्ग्याउनुपर्दछ । राजनीतिक दल दर्तासम्बन्धी ऐनको दफा १२ र १३ मा दल खारेजी सम्बन्धी कानुनी ब्यवस्था छ । नेपालको संविधानको धारा २७० मा रहेको व्यवस्थाले कुनैपनि अर्को व्यक्तिलाई कुनै अर्को पार्टी खारेज गरिपाउँ भनेर अधिकार दिँदैन । यदि त्यसो हुने हो भने त  ‘क’ भन्ने पार्टी खारेज गरिपाउँ भनेर ‘ख’ भन्ने पार्टीको मान्छेले निवेदन दिँदै हिँडिहाल्छन् नी । कानुनले त्यस्तो परिकल्पना गरेको छैन किनभने दलीय प्रतिस्पर्धामा दलहरु इमान्दार हुन्छन्, दलमा आउने मान्छेहरु साँच्चै नै राष्ट्रप्रति, जनताप्रति प्रतिबद्ध हुन्छन्, उनीहरुले बुझाउनुपर्ने कागजातहरु सहि हुन्छन् भन्ने विश्वास गर्नुपर्छ । त्यसकारण हामी आयोगमा आएको कुनैपनि आवेदकको निवेदन तदअनुरुप समयमै निरुपण गर्छौँ ।’

दल खारेजीका लागि निश्चित क्राइटेरियाहरु रहेको बताउँदै त्यो क्राइटेरियाभित्र बसेर आयोगले काम गर्ने उल्लेख गरे ।


#रास्वपा

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>