Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७९ माघ २८ गते शनिबार

बर्तमान सरकार बिगठन गर्दै संयुक्त सरकार गठन हुनुपर्दछ: बास्ताेला ।

नेकपा बहुमतका केन्द्रीय सयोजक धर्मेन्द्र बास्तोला(कञ्चन)ले नेपालमा विद्यमान समस्याको मुल जड वर्तमान संसदीय व्यवस्था भएको बताउनुभएको छ ।

शनिबार महेन्द्रनगरमा नेकपा बहुमत कञ्चनपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा कञ्चनले जतिपनि समस्या विद्यमान अवस्थामा उत्पन्न भएका छन, तिनको मुल कारण संसदीय व्यवस्था भएको बताएका भएकाे बताएका छन।

संसदीय व्यवस्थामा जसरी पनि सत्तामा जाने कमाउने र लुटपाट गर्ने बाहेक केही नहुने उनको तर्क रहेको छ । ‘मुलुकमा उत्पन्न सबै प्रकारको अस्थिरताको मुल कारण संसदीय व्यवस्था हो, ‘उनले भने, ,‘यो देश बनाउने भए दलाल संसदीय पुँजिवादी व्यवस्था अन्त्य गर्नुपर्छ ।’ देशको राजनीति, आर्थिक, समाजिक एव साँस्कृति अवस्थामा उत्पन्न समस्याको मुल जड संसदीय व्यवस्था भएकाले यसबाट मुक्त हुनका लागि वैज्ञानिक समाजवादको विकल्प नभएको बताए ।

वैज्ञानिक समाजवादी व्यवस्थाको नेतृत्व नेकपाले लिईरहेकोले त्यसमा साथ दिन आब्हान गरेका छन । ‘अहिलेको विद्यमान समस्या हटाउन वैज्ञानिक समाजवादले मात्रै सम्बृद्धिको लिकमा डोर्याउँछ, ‘उनले भने, ‘यो सत्ता सरकार विघटन गरेर वैज्ञानिक समाजवादको नीति अघि सानुपर्छ ।’

पुर्व संविधान सभा सदस्य समेत रहेका बस्तोलाले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, न्यायाधिश र व्यवस्थापिका प्रमुख भएमात्रै सत्ता जनताप्रति उत्तरदायी हुने बताए ।

‘प्रतिनिधी सभा सदस्यलाई मन्त्री बनाईनु हुँदैन, ‘उनले भने, ‘जनताबाट निर्वाचितलाई कसरी उत्कृष्ठ नीति, नियम बनाउन केन्द्रीत गराउनुपर्छ, ‘अरु नेतालाई मन्त्री बनाएर मुलुक सम्बृद्धितर्फ लैजानुपर्छ ।’

कम्युनिष्ट पाटी फुट भन्दा पनि जुटतर्फ जानुपर्ने उनको भनाई छ । पुँजिवादी व्यवस्थाले जनता बैंकको ऋण तिर्न नसक्दा आत्महत्या गर्न उद्यत हुँदा समेत सरकारले त्यसको रोकथामका लागि केही पहल नगरेको बताए ।

भारतीय पक्षले निरन्तर सीमा अतिक्रमण हस्तक्षेप जस्ता गतिबिधी बढाउँदा समेत सरकार चुपचाप लागेको बताए । पार्टी अहिले समग्र मुलुकको उन्मुक्ति कसरी हुन्छ भन्ने बारेमा सश्लेषण गर्दै अघि बढिरहेको समेत कञ्चनले बताए । पार्टिकाे अवकाे कताहुन्छ भन्ने बिषयमा गरिएकाे अन्तर्वार्ता भिडियाे https://youtu.be/xc-0OpdjjXw


#धर्मेन्द्र बास्ताेला

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>