Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७९ फागुन १२ गते शुक्रबार

सत्तारुढ नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रपति निर्वाचनमा काँग्रेस र एमालेको सहकार्य हुनसक्ने बताएका छन् । पाँचथर सदरमुकाम फिदिममा आज (शुक्रबार) पत्रकारहरूसँग कुरा गर्दै उपमहासचिव ज्ञवालीले यस्तो बताएका हुन् ।

मुलुकमा स्थिरता र भूराजनीतिक चलखेल रोक्न मुलुकका प्रमुख दलबीचको सहकार्य अपरिहार्य हुने चर्चा गर्दै ज्ञवालीले काँग्रेस सकारात्मक भएर संवादमा आए राष्ट्रपति निर्वाचनमा सहकार्य हुने सम्भावना यथावत रहेको बताए ।

राष्ट्रपति निर्वाचनका सन्दर्भमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाटो बिराएको समेत ज्ञवालीले टिप्पणी गरेका छन् । काँग्रेस–माओवादीबीचको तत्कालीन गठबन्धनमा भएको सहमति अनुसार काँग्रेसले पहिलो कार्यकालमा प्रधानमन्त्री दिन तत्पर नभएपछि एमालेले उद्धार गरेर प्रधानमन्त्री बनाइएका दाहालले सहमति विपरीत एमालेलाई राष्ट्रपति पदमा अस्वीकार गरेकोमा आफूहरू सशङ्कित भएको उनको भनाइ थियो ।

मंसिर ४ गते सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको परिणाम आए लगत्तै एमालेले औपचारिक रूपमा काँग्रेससँग देशको हितका पक्षमा छलफल गर्न चाहे पनि काँग्रेस नेताहरुले अस्वीकार गर्दा माओवादीलाई साथ दिएको उनले बताए । आन्तरिक र बाह्य चलखेल, आर्थिक मन्दी र स्थायित्वका लागि काँग्रेस–एमालेको सहकार्य जरुरी रहेको भन्दै ज्ञवालीले काँग्रेसले एमालेसँग छलफलमा आए राष्ट्रपति निर्वाचनमा सघाउने सम्भावना यथावत रहेको उनको भनाइ थियो ।

एमालेले सुरु गरेको ‘ग्रास रुट अभियान’ को तयारी स्वरूप एमाले पाँचथरले आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता प्रशिक्षणमा सहभागी हुन पाँचथर आइपुगेका हुन् ।


#प्रदिप ज्ञवाली

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>