Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
काठमाडौं
२०७९ फागुन १३ गते शनिबार

राष्ट्रपति उमेदवारि र सरकारका बारेमा निर्णय गर्न एमाले सचिवालय बैठक बस्दै ।
फायल तस्बिर

राष्ट्रपति निर्वाचन र सरकारबाट बाहिरिने विषयमा छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक बिहान ९ बजे पार्टी कार्यालय ललितपुरमा बस्नेछ । 

यस्तै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले शुक्रबार साँझ माओवादी केन्द्रसहितका आठ दलले गरेको सहमतिले मुलुकलाई थप राजनीतिक अस्थिरतातर्फ धकेल्ने ठुलो चिन्ता रहेको भन्दै आगामी दिनमा कसरी अघि बढ्ने भन्नेबारे आजको बैठकले निर्णय गर्ने बताए ।

‘अब कसरी अघि बढ्ने के गर्ने ? सरकारमा रहने वा बस्ने भन्ने विषयमा आजको बैठकले निर्णय गर्छ’ ज्ञवालीले भने । उनले बालुवाटारको सहमतिले मुलुकलाई थप राजनीतिक अस्थिरतातिर धकेल्ने एमालेमा चिन्ता बढेको बताए । 

उनले भने, ‘केही नेताका कारण राजनीतिप्रतिको विश्वास टुट्दै जाने खतरा भयो ,राजनीति जुवाको खालजस्तो स्थिति बनाइदियो, यस निर्णयका पछाडि भूराजनीति पनि जोडिएको छ भन्ने एमालेको बुझाई छ ।’

बिहीबार बसेको आठ दलको बैठकले राष्ट्रपति पदमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने सहमति जनाइसकेका छन्।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>