Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७९ फागुन १६ गते मङ्गलबार

सरकारमा आफ्नाे दावि छैन : उपसभापति खड्का ।

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सरकारमा आफ्नो दाबी नरहेको बताएका छन्।  आइतबार साँझ ट्वीट गर्दै खड्काले सरकारमा आफ्नो भने दाबी नरहने प्रष्टाएका हुन्। गत पुस १० मा तत्कालीन पाँच दलीय गठबन्धन भत्किएको र त्यसलाई पुनर्स्थापित गर्ने सोही दिन गरिएको संकल्पलाई पूरा गरिएको उपसभापति खड्काको भनाइ छ ।

खड्काले आफू पहिले नै मन्त्री भइसकेकोले अब फेरि मन्त्री नहुने बरू पार्टीका काम कारबाहीमा ध्यान दिने बताउने गरेका छन्। ‘पुस १० गते भत्काइएको गठबन्धनलाई पुनःस्थापना गर्ने त्यही दिन राति गरेको संकल्पलाई लगभग पूरा गरिएको छ,’ उपसभापति खड्काले भने, ‘अब मेरो दाबी कुनै कुरामा छैन। मेरो नाम अरूसँग जोडेर सरकारमा जाने दाबी गरेको भनेर कृपया मिडियामा र सामाजिक सञ्जालमा बहसको विषय बनाएर मलाई अन्याय नगरीदिनुहोस् ।,’ 

पुस १० मा को पहिलो कार्यकाल प्रधानमन्त्री बन्ने भन्नेमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच कुरा नमिल्दा चुनावअघिको गठबन्धन भत्किएको थियो । एमालेसहित ७ दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेका थिए ।

पुस १० कै राति ७ दलीय गठबन्धन भत्काउने संकल्प कांग्रेसका नेताहरूले लिएका थिए। सोहीअनुसार गत पुस २६ मा प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसका सांसदहरूले विश्वासको मत दिए । सरकार बनाउँदा विभाजित भएको पुरानो गठबन्धन राष्ट्रपतिको निर्वाचनमा एक ठाउँमा आएको छ ।

यसले ७ दलीय गठबन्धन भत्काएर ८ दलीय गठबन्धनको साथमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार बनेको छ । एमाले, रास्वापा र राप्रपालेले सरकार छाडेपछि कांग्रेस सरकारमा जाने तयारीमा छ ।


#पुर्ण बहादुर खड्का

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>