Samriddhipost
२०८२ फागुन ०२ गते शनिबार
ट्रेन्डिङ
काठमाडौं
२०७९ फागुन १६ गते मङ्गलबार

काग्रेस सभापति देउवाले पठाए एमाले अध्यक्ष ओलीलाई पत्र ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाउँदै राष्ट्रपति निर्वाचनमा समर्थन या मित्रवत् प्रतिष्पर्धाको अनुरोध गरेका छन् ।

हिजो एक पत्र पठाउँदै देउवाले भनेका छन्, “यही फागुन २५ गते हुने संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो रास्ट्रपति पदको निर्वाचनमा यतिबेला हामी खुला प्रतिस्पर्धाको क्रममा लोकतान्त्रिक प्रणालीको सौन्दर्य अनुरुप आआफ्ना दृष्टिकोण र उमेदवारका साथ खडा छौं । लोकतन्त्र भन्नु निर्वाचन मात्र होइन र निर्वाचन भन्नु जितहार मात्र होइन, हामी जान्दछौं ।”

देउवाले पत्रमा समाजलाई सुसंस्कृत सन्देश दिन सक्नुपर्ने भन्दै ओलीलाई फकाउने रणनीति लिएका छन् ।

“त्यही स्मरणसाथ यो पत्र यहाँलाई लेखिरहेको छु र रास्ट्रपति पदमा माननीय श्री रामचन्द्र पौडेललाई विजयी गराउन उपयुक्त हुने विषयमा ध्यानाकर्षण गरिरहेको छु । रास्ट्रपति केवल एउटा पद नभएर स्वयं आफैंमा उच्च गरिमायुक्त संस्था हो भन्ने हामी जान्दछौं । यस्तो संस्थाको नेतृत्व चयन गरिरहँदा संभव भएसम्म वृहत्तर सहमति निर्माण हुनसकोस् भन्ने आम अपेक्षा हुन्छ भने सहमति हुन नसक्दा प्रतिस्पर्धामा आवेगमुक्त सुसंस्कृत अभ्यासको खोजी हुन्छ । विमतिबीच पनि सहमतिको प्रयास अनि प्रतिस्पर्धाबीच पनि आपसमा मत माग्ने संस्कृति हाम्रो विशिस्ट पहिचान रहिआएको छ,” देउवाले लेखेको पत्रमा उल्लेख छ।

यसअघि नेकपा एमालेले कांग्रेसबाहेकका पार्टीलाई पत्र लेख्दै आफ्ना उमेदवार सुवास नेम्वाङसँग मत मागेको छ ।

कांग्रेसले भने राष्ट्रपतिमा सहमतिको प्रयासस्वरुप एमालेलाई पत्र लेख्दै यस्तो आग्रह गरेको छ ।

देउवाले पत्रमा भनेका छन्, “यही पृष्ठभूमिमा माननीय पौडेलका लागि रास्ट्रपतिमा तपाईं समेतसँग मत माग्नु र विमतिबीचको प्रतिस्पर्धामा पनि हार्दिकता प्रकट गर्नु आफ्नो कर्तव्य ठानेको छु । सालिन, बौद्धिक र सुसंस्कृत छविका पौडेल लोकतान्त्रिक आन्दोलनका एक अग्रज व्यक्तित्व त हुनुन्छ नै संविधान प्रदत्त संवैधानिक दायित्व राजनैतिक आग्रहहरु भन्दा पर रहेर निभाउन सक्ने सबल व्यक्तित्व हुनुन्छ । संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सुदृढ गर्ने आजको राष्ट्रिय कार्यभार कुशलतापूर्वक सम्पादन गर्दै देशको आर्थिक–सामाजिक रुपान्तरण तर्फ गतिशील ढंगले अघि बढ्नु हामी सबैको साझा दायित्व हो । यो दायित्व तपाईं हामीले निभाइरहँदा निर्विवाद अभिभावकत्व निभाउन पौडेल सुयोग्य साबित हुनुहुने विश्वास म यहाँलाई दिलाउन चाहन्छु ।”

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>