Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७९ फागुन १८ गते बिहिबार

राष्ट्रपति निर्वाचनमा काग्रेसले खटायाे सातै प्रदेशमा नेता, सुदुरमा पाण्डे ।
फायल फाेटाे

यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेसले पदाधिकारीलाई सातै प्रदेशमा खटाएको छ।

सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बुधबार बसेको बैठकले पदाधिकारीहरूलाई खटाउने निर्णय गरेको हो।

जसअनुसार सुदूरपश्चिम प्रदेशमा सहमहामन्त्री बद्री पाण्डे, काेशि प्रदेशमा महामन्त्री विश्वप्रकाश शर्मा, मधेश प्रदेशमा सहमहामन्त्री फरमुल्लाह मन्सुर, बागमती प्रदेशमा महामन्त्री गगन थापा, गण्डकी प्रदेशमा उपसभापति धनराज गुरुङ, लुम्बिनी प्रदेशमा सहमहामन्त्री किशोरसिंह राठौर र कर्णाली प्रदेशमा उपसभापति पूर्णबहादुर खड्कालाई खटाइएको कांग्रेसले जनाएको छ।

कांग्रेसले सातै प्रदेशका पार्टी सभापतिहरूलाई पनि राष्ट्रपति निर्वाचनमा खट्न लगाएकाे छ।

आठ दलकाे समर्थनमा कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र राष्ट्रपति निर्वाचनकाे उम्मेदवार बनेका छन्। नेकपा एमालेबाट भने सुवाष नेम्वाङ उम्मेदवार रहेका छन्।

निर्वाचनमा संघीय संसदका ३३२ र प्रदेशसभाका ५५० गरी कुल ८८२ मतदाताले मतदान गर्नेछन्।


#राष्ट्रपति निर्वाचन

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>