Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ फागुन १८ गते बिहिबार

राष्ट्रपति निर्वाचनमा काग्रेसले खटायाे सातै प्रदेशमा नेता, सुदुरमा पाण्डे ।
फायल फाेटाे

यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेसले पदाधिकारीलाई सातै प्रदेशमा खटाएको छ।

सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बुधबार बसेको बैठकले पदाधिकारीहरूलाई खटाउने निर्णय गरेको हो।

जसअनुसार सुदूरपश्चिम प्रदेशमा सहमहामन्त्री बद्री पाण्डे, काेशि प्रदेशमा महामन्त्री विश्वप्रकाश शर्मा, मधेश प्रदेशमा सहमहामन्त्री फरमुल्लाह मन्सुर, बागमती प्रदेशमा महामन्त्री गगन थापा, गण्डकी प्रदेशमा उपसभापति धनराज गुरुङ, लुम्बिनी प्रदेशमा सहमहामन्त्री किशोरसिंह राठौर र कर्णाली प्रदेशमा उपसभापति पूर्णबहादुर खड्कालाई खटाइएको कांग्रेसले जनाएको छ।

कांग्रेसले सातै प्रदेशका पार्टी सभापतिहरूलाई पनि राष्ट्रपति निर्वाचनमा खट्न लगाएकाे छ।

आठ दलकाे समर्थनमा कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र राष्ट्रपति निर्वाचनकाे उम्मेदवार बनेका छन्। नेकपा एमालेबाट भने सुवाष नेम्वाङ उम्मेदवार रहेका छन्।

निर्वाचनमा संघीय संसदका ३३२ र प्रदेशसभाका ५५० गरी कुल ८८२ मतदाताले मतदान गर्नेछन्।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>