Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
काठमाडौं
२०७९ फागुन २७ गते शनिबार

जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बोलाएको छ । आज ११ बजे बालकुमारीस्थित पार्टी कार्यालयमा बैठक बोलाएको सो पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।

उपराष्ट्रपतिमा उम्मेदवारीलगायत अन्य समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गर्न सो बैठक बोलाइएको हो । अहिले प्रधानमन्त्री निवास बालुवाटारमा दश दलको बैठक बसिरहेको छ । सो बैठकपछि जसपा कार्यकारिणी समितिको बैठक बस्नेछ । 

जसपाले पार्टीका प्रतिनिधि सभा सदस्य एवं कार्यकारिणी सदस्य रामसहाय यादवलाई उपराष्ट्रपति बनाउने निर्णय गरिसकेको छ । तर निर्वाचन आयोगको दुई थरी कुराले फरक लिङ्गलाई उम्मेदवार बनाउने कि फरक समुदायबाट उम्मेदवार बनाउने त्यस विषयमा दलहरूको बीचमा विवाद उत्पन्न भएको छ । 

सत्ता गठबन्धनमा रहेको जनमत पार्टीले पनि आफ्नो पार्टीका केन्द्रीय सदस्य ममता झालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । तर चार दल (नेपाली कांग्रेस,  माओवादी, नेकपा (एस) र जसपा) बीच जसपालाई उपराष्ट्रपति दिने सहमति यसअघि नै भइसकेको छ ।


#उपराष्टपति

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>