नेकपा बहुमतको भातृ संगठन युवा जनस्वयमसेवक संघ नेपाल कञ्चनपुरको अध्यक्षमा गोकर्ण जोशी चयन भएका छन ।
आइतबार महेन्द्रनगरमा सम्पन्न भएको युवा जनस्वयमसेवक संघ नेपाल कञ्चनपुरको दोस्रो जिल्ला भेलाबाट अध्यक्षमा जोशी सर्वसम्मत भएका हुन ।
युवा जनस्वयमसेवक संघ नेपालका नेता दिपेन्द्र सिह ऐरीले सहमतीय आधारमा कार्य समिति चयन गरिएको बताए ।
उनका अनुसार उपाध्यक्ष भुवन भट्ट, सचिव पदम नेपाली, सह सचिव मुन्नी चौधरी, जगदिश जोशी, कोषाध्यक्ष जिवन ठगुन्ना सहित रहेका छन । युवा जनस्वयमसेवक संघ नेपालका केन्द्रीय सदस्य हरिस भट्टको प्रमुख आथित्यमा भएको थियो ।
कार्यक्रममा नेकपा बहुमत सेती महाकाली ईन्चार्ज महान, प्रबास ब्यूरो इन्चार्ज डिडि पाण्डे, नेकपा जिल्ला इन्चार्ज अर्जुन लगायतका नेता कार्यकर्ताको उपस्थितिमा सम्मेलन भएको थियो ।
नेकपा बहुमत, युवा जनस्वयमसेवक संघका नेताहरुले नव चयन भएको युवाको टिमलाई जनहितका पक्षमा काम गर्न सुझाव दिएका छन ।
भ्रष्टाचारि ,दलाल,मिटर ब्याजि,सरकारि ,लघुबित्त बिरुद्ध बिकास निर्माणकार्य मा भइरहेको ढिलासुस्ती बिरुद्ध युवा जनस्वयम सेबक नेपाल शशक्त रुपमा अगाडि बढने नवचयित अध्यक्ष जाेशीले बताए ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया