Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
धनगढी
सुरेन्द्र ताम्राकार
२०७९ चैत ०२ गते बिहिबार

नेपाल दलित मुक्ति मोचाको प्रदेश सम्पर्क कार्यालय स्थापना ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ संगठन नेपाल दलित मुक्ति मोचाले धनगढीमा सुदूरपश्चिम प्रदेश सम्पर्क कार्यालय स्थापना गरेको छ । बिहीबार एक कार्यक्रमका बीच कार्यालयको उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र) का पोलिट ब्यूरो सदस्य तथा मोर्चाका फ्याक्सन इन्चार्ज ओमप्रकाश पुनले कार्यालय स्थापना पश्चात मोर्चाका कामलाई व्यवस्थित गर्न सहज हुने बताए।।

त्यस्तै कार्यक्रममा बोल्दै पुनले विभेदको जरोको पहिचान गर्न नसके आमुल परिवर्तन ल्याउन नसकिने बताए । उनले भने 'विभेदको उत्पति कहाँबाट भयो, विभेदको जरो केहो? भन्ने विषयमा ठोस पहिचान गर्न सकेनौं भने आमुल परिवर्तन ल्याउन सकिदैन ।

विभेदको अन्यका लागि संघर्ष नै आवश्यक हुने उनले बताए  । धर्मको हालीमुलाली भइरहेसम्म विभेद अन्त्य नहुने बताउँदै उनले भने 'धार्मीक अन्धविश्वास विरुद्ध प्रहार केन्द्रीत गर्न सकेनौँ भने जातिवाद रहिरन्छ,त्यसैले विभेदका विरुद्ध संघर्ष गर्न आवश्यक छ।'

त्यस्तै नेपाल दलित मुक्ति मोर्चाकी सुदूरपश्चिम प्रदेश संयोजक विनिता ओडले कार्यालय स्थापनाले मोर्चाका गतिविधिलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने बताइन् । कार्यालय उद्घाटन कार्यक्रममा मोर्चाको केन्द्रीय सम्मेलन आयोजक कमिटि सदस्यहरु डवल ताम्राकार, गोविन्द विक,मोर्चाका नेता कार्यकर्ता लगायतको उपस्थिति रहेको थियो

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>