Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ चैत १३ गते सोमबार

सुदुरपश्चिम र कर्णालिमा ६ महिनामा चार रेक्टर माथिका १४ भुकम्प, बिवरण सहित ।
फायल फाेटाे

सुदूरपश्चिम र कर्णाली प्रदेशमा ६ महिनामा चार रेक्टरस्केल भन्दा माथीका १४ वटा भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ । कार्तिक २२ गते खप्तडबाबाको आश्रम आसपास केन्द्र बिन्दु भई भूकम्प गए यता चार रेक्टर स्केलका देशभर २६ वटा भूकम्प गएकोमा १४ वटाको केन्द्रबिन्दु सुदूरपश्चिम र कर्णाली प्रदेशमा रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राबिधिक सहायक राजेश शर्माले बताए  । शर्माले भने ‘देशभरका अनुपातमा यस क्षेत्रमा धेरै भूकम्प गईरहेको छ, यस कारणले पनि देशको पश्चिम भाग भूकम्पको उच्च जोखिममा रहेको छ ।’
आईतरबार राती १०ः२७ मिनेट जाँदा बाजुराको स्वामिकार्तीक गाउँपालिका साप्पाटा आसपास केन्द्र बिन्दु भई ४.३ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ । देशका पश्चिमी भागमा गएका १४ भूकम्प मध्य सबै भन्दा बढी बाजुरामा पाँच पटक भूकम्प गएको छ ।
कार्तिक २२ गते डोटी केन्द्रबिन्दु भई आएको भूकम्पमा मानबिय क्षती समेत भएको थियो । बिभिन्न समयमा आएको भूकम्पका कारण घर तथा सार्बजनिक भबनहरु चर्किनुका साथै बस्न अयोग्य भएका छन् । भूकम्प प्रभाबितहरु कोही त्रिपालमा छन् भने केही जोखिम मोलेर चर्किएकै घरमा बस्नद बाध्य रहेका छन् ।
१४ वटा भूकम्प मध्य १० सुदूरपश्चिम प्रदेशका बिभिन्न मागमा र ४ कर्णाली प्रदेशका बिभिन्न मागमा रहेका छन् । ४ रेक्टरस्केल भन्दा कमका १ हजार भन्दा धेरै पराकम्पनहरु गएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ ।

कुन मितिमा कहाँ केन्द्र बिन्दु भएको कती परिमाणको भूकम्प गएको हो बिवरण
२०७९ कार्तिक २२ डोटी ६.६ रेक्टरस्केल
२०७९ कार्तिक २६ बाजुरा ४.१ रेक्टरस्केल
२०७९ कार्तिक २९ बझाङ ५.४ रेक्टरस्केल
२०७९ पुष ९ अछाम ४.२ रेक्टरस्केल
२०७९ पुष ८ दार्चला ४.१ रेक्टरस्केल
२०७९ माघ १० डोल्पा ४.६ रेक्टरस्केल
२०७९ माघ १२ बाजुरा ५.९ रेक्टरस्केल
२०७९ माघ २७ बाजुरा ४.१ रेक्टरस्केल
२०७९ फागुन १० रुकुम ४.२ रेक्टरस्केल
२०७९ फागुन २१ बाजुरा ५.२ रेक्टरस्केल
२०७९ फागुन २९ अछाम ४.४ रेक्टरस्केल
२०७९ चैत्र १० दैलेख ४.१ रेक्टरस्केल
२०७९ चैत्र १२ मुगु ४.५ रेक्टरस्केल
२०७९ चैत्र १२ बाजुरा ४.३ रेक्टरस्केल



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>