Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७९ चैत २३ गते बिहिबार

हरित र चक्रिय अर्थतन्त्रका बारे शुक्लफाँटामा छलफल ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा हरित अर्थतन्त्र  तथा चक्रीय अर्थतन्त्रको महत्व तथा स्थानीय तहमा यसको प्रयोग विषयक अन्तरकृया सम्पन्न गरिएको छ ।
बढदो रसायीनक मल तथा किटनासक औषधीको प्रयोग बाट वातावरण तथा मानव स्वास्थ्यमा पर्ने असर लाई न्युनिकरण गर्न कसरी काम गर्न सकिन्छ भन्ने मुल उद्देश्यका साथ एक दिने हरित अर्थतन्त्र  तथा चक्रीय अर्थतन्त्रको महत्व तथा स्थानीय तहमा यसको प्रयोग विषयक अन्तरकृया तथा छलफल आयोजना गरिएको हो ।

बि एम जेड को आर्थिक सहयोग तथा डव्ल्यु एच एन र सिप्रेड संस्था द्धारा संचालित स्कील अप परियोजना द्धारा सञ्चालित उक्त छलफल कायृक्रममा शुक्लाफाटा नगरपालिका तथा कृष्णपुर नगरपालिकाका प्रमुख तथा प्रतिनीधिहरुको सहभागिता रहेको थियो ।

उक्त कायृक्रममा बोल्दै शुक्लाफाटा नगरपालिकाका नगरप्रमुख रण वहादुर महराले स्कील अप परियोजना द्धारा सञ्चालित उक्त कार्यक्रम अत्यन्त्यै राम्रो भएकाले यसले अर्गानिक उत्पादन र हरित क्रान्तीका लागी टेवा पुग्ने वताउनु भयो । साथै उहाले भविष्यमा रसायीनक मल तथा किटनासक औषधी विस्तापित गर्न सके स्वास्थ्य र आर्थिक दृष्टिकोणले राम्रो हुने समेत बताउनु भयो ।
कार्यकमा सहभागि कृष्णपुर नगरपालिकाका कृषि प्रसार अधिकृत लाल वहादुर धामीले आजको कार्यक्रम अत्यन्त्यै समय सान्दर्भिक र राम्रो रहेको बताउदै यो कार्यक्रम लागु गर्न सके माटोको उर्वरा शक्तीमा पनी सुधार हुने वताउनु भयो । साथै उहाले यस वाट स्वच्छ उत्पादनमा जोड पुग्ने र मानव स्वास्थ्यमा सकारातमक सुधार हुने वताउनु भयो ।

कार्यक्रम बारे जानकारी दिदै स्कील अप परियोजनाका कार्यक्रम संयोजक राम भरत न्यौपानेले हाल नेपालमा अवलम्वन भईरहेको हरित अर्थतन्त्र  तथा चक्रीय अर्थतन्त्रको महत्व बारे स्थानीय तहका जनप्रतिननीधी तथा कर्मचारीहरु संग छलफल गरिउको वताउनु भयो । साथै उहाले कृषिको माध्यम बाट यसलाई कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने विषयमा स्थानीय सरकार र परियोजनाले सहकार्य गरेर अघि बढ्ने समेत वताउनु भयो । 

हाल कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका र कृष्णपुर नगरपलिकामा परियोजना कार्यान्वयनमा रहेको छ ।
कार्यक्रममा बढदो रसायीनक मल तथा किटनासक औषधीको प्रयोग बाट वातावरण तथा मानव स्वास्थ्यमा पर्ने असर कम गर्न अर्गानीक उत्पादनमा जोड दिने र यस विषयलाई पाठ्यापुस्तकमा समावेश गरेर विद्याथीहरुलाई पठनपाठन गराउन सके अझ प्रभावकारी हुने विषयमा समेत छलफल गरिएको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>