Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
काठमाडौं
२०८० बैशाख ०४ गते सोमबार

एमाले अध्यक्ष ओली भेटन शेरबहादुर देउपा र प्रधानमन्त्री प्रचण्ड बालकाेट जाने ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा बालकोट जाने भएका छन् । दुई नेता सोमबार बिहान ९ बजे ओली निवास बालकोट जान लागेका हुन् । अस्वस्थ भई बालकोटमै आराम गरिरहेका ओलीलाई भेट्न र वर्तमान समसामयिक अवस्थाबारे छलफल गर्न दुई नेता बालकोट जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 
प्रधानमन्त्रीको सचिवालयले ओलीको स्वास्थ्यमा समस्या भएकाले संबैधानिक परिषद् सम्बन्धी  र सत्यनिरूपण तथा मेलमिलाप र वेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकलाई अगाडि बढाउनेबारे छलफल  केही दिनयता अवरुद्ध हुँदै आएको जनाएको छ । 

सचिवालयले आज भने ओली निवास बालकोट गएर स्वास्थ्य लाभको कामना गर्दै दुई नेताले संसदमा विधेयक अगाडि बढाउन समझदारीको लागि छलफल गर्ने  कार्यसूची रहेको जनाएको छ । 
आइतबार पनि बालकोटमा छलफल हुने भनिएपनि प्रचण्ड र देउवा नजाँदा छलफल स्थगित भएको थियो । 


#तीन नेता भेटघाट तयारि

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>