Samriddhipost
२०८२ फागुन ०५ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० बैशाख २३ गते शनिबार

शसस्त्र प्रहरिमाथि आक्रमण गर्ने समुहका २ जना पक्राउ बाकि भारत भागेकाे आशंका ।

सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट कन्जभाेज  (बिओपी) का इन्चार्ज सई नरेन्द्र चैंसिरमाथि खुकुरी प्रहार गर्ने गिरोहका दुई जनालाई प्रहरीले शनिबार दिउसो पक्राउ गरेको छ।

खुकुरी प्रहार गर्ने मुख्य ब्यक्ति भने पक्राउ पर्न सकेका छैनन। उनी भारततर्फ फरार भएको आशंका छ।शुक्रबार राती गस्ती सकेर बिओपीमा फर्किरहेको सशस्त्र प्रहरीको टोलीमाथि होटेलमा बसिरहेका केही युवाहरुले आक्रमण गरेका थिए।

ती युवा एक आपसमै झगडा गरिरहेका थिए। अबेर राती किन झगडा गरिरहेको भन्दै सई चैँसिरले सम्झाउन खोज्दा उनीमाथि खुकुरी प्रहार भएको हो।

ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको जनाएको छ। स्थानीय जय बैच र विक्रम नेपालीलाई पक्राउ गरिएको ईलाका प्रहरीका इन्चार्ज प्रहरी निरीक्षक अर्जुन साउदले बताए। उनका अनुसार खुकुरी प्रहार गर्ने रोहन बैच भने फरार छन्। उनको खोजी कार्य चलिरहेको छ।

खुकुरी प्रहार गर्ने बैच शुक्रबार दिनभरी इलाका प्रहरी कार्यालय दोधारामै थिए। युवाहरुबीच भएको झगडाबारे छलफलका लागि उनी इलाका प्रहरी कार्यालयमा आएको खुलेको छ। साँझ छलफल सकेर फर्केका थिए। 

‘उनी भारततिर भागेको हुन सक्ने आशंका छ,’ प्रहरी निरिक्षक साउदले भने, ‘घटनामा संलग्न अन्यको पनि खोजी चलिरहेको छ।’ उनका अनुसार खुकुरी प्रहार हुँदा १०/१२ जनाको समुह थियो। 

घटनापछि सबै युवा फरार भएकोमा दुई जना आज दिउसो पक्राउ परेका हुन। घटनामा संलग्न युवाहरु तस्करीमा संलग्न हुने गरेको र पछिल्लो समय सशस्त्र प्रहरीले तस्करी नियन्त्रण गर्न थालेपछि आक्रमण भएको आशंका पनि गरिएको छ।

पक्राउ परेका जय बैच तस्करी गर्ने समूहको नाइके भएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ। तस्करीमा कडाइ र लागुऔषध, मानव बेचबिखन ओसारपसार नियन्त्रणमा निर्मम हुन थालेपछि तस्करिमा  संलग्न युवा र सशस्त्र प्रहरीबीच वादविवाद हुँदै आएको छ।


#शसस्त्र प्रहरी आक्रमण गर्ने २ जना पक्राउ

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>