Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०८० भदौ ०९ गते शनिबार

जनपक्षिय पत्रकारहरुकाे संगठनले एसाल्टकाे भुमिका खेल्नुपर्छ : सापकाेटा

नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्नी सापकोटाले देशमा राजनीतिक संकट आइरहेको बताउँदै नेपाल अन्तराष्ट्रिय शक्ति केन्द्रको भूमि बन्ने खतरा रहेकोले नेपाली जनताको साथले मात्रै संकटलाई जित्नका लागि जनतालाई मनोवल रुपमा तयार गर्नका लागि सबै जनताका जान अपिल गर्नुभयो । जनताको विश्वास जित्नका लागि माओवादी केन्द्रलाई जनतामा स्थापित बनाउनको लागि  क्रान्तिकारी, जनपक्षीय पत्रकारहरुको संगठन प्रेस सेन्टरले एसाल्टको भूमिका निर्वाह गर्न अपिल गर्नुभयो । 

यस्तो कुरा प्रेस सेन्टर नेपाल केन्द्रीय पदाधिकारीहरुको चौथो बैठकलाई सम्वोधन गर्दै माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडाँमा बताउनुभयो । उहाँले नेपाल र नेपालीलाई मुक्ति गर्नका लागि माओवादी केन्द्रको प्रमुख भूमिका रहेकोले गर्दा माओवादीले सञ्चालन गरेको ३ महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियानलाई सफल बनाउनको लागि सबै लाग्न अपिल गर्नुभयो । 

उहाँले नेकपा (माओवादी केन्द्र) ले सञ्चालन गरेको जनतासँग माओवादीसँगको अभियानमा प्रत्येक घरमा गएर जनतालाई प्रशिक्षण गरी माओवादी आन्दोलनमा जोड्नका लागि जनताको साथै लिनुपर्ने बताउनुभयो । उहाँले माओवादी बाहेक अन्य राजनीतिक पार्टीसँग कुनै भिजन जनतासँग लाग्नु पर्ने बताउनुभयो । उहाँले यो अभियानमा जनताको बीचमा गएर समीक्षा गरी माओवादी कार्यकर्ता, नेताहरु रुपान्तरण हुनु पर्ने बताउनुभयो । 

बेला नेपाल विश्वका   आफूले प्रतिनिधी सभाको नेतृत्व गर्दा प्रतिगामीहरुले संसद विगठन गरेपनि आफूले बफादार रुपमा लडेको कारणले संसदमा गठन भएकोले गर्दा माओवादी केन्द्र र जनताको विजयी प्राप्त भएको बताउनुभयो । उहाँले सदनमा केपी शर्मा ओलीका प्रगिगामी कदमको विरुद्धमा लाग्दाको स्मरण गर्दै भन्नुभयो ः–“मैले भगतसिंहको पुस्तक पढेर साथ लिएको साहस लिएको थिए त्यसैले संकटको बेलामा अध्ययन गरी विरहरुको जीवननी पढेर निर्णय लिनुपर्दछ ।”

  प्रेस सेन्टरको इन्चार्ज अग्नी सापकोटाले विश्वलाई व्याख्या गर्ने सबैले गरेको बताउँदै मुख्य कुरा बढल्ने भएको बताउँदै रुपान्तरण आफैबाट शुरुवात गर्नुपर्ने बताउनुभयो । हाल माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकारमा रहेकको बेलामा सबै तिर उत्साह बढेको बताउनुभो । 

प्रेस सेन्टर पदाधिकारीको बैठकमा प्रेस सेन्टरका सँस्थापक अध्यक्ष तथा प्रेस सेन्टरको सहइन्चार्ज महेश्वर दाहाल, प्रेस सेन्टरका निवर्तमान अध्यक्ष गोविन्द आचार्य लगायतको आतिथ्यता रहेको थियो । 

बैठकमा केन्द्रीय अध्यक्ष विष्णु सापकोटाको अध्यक्षताममा भएको थियो भने महासचिव सन्तोष पौडेलले सञ्चालन गर्नुभएको थियो । बैठकमा उपाध्यक्ष, महासचिव, पदाधीकारी र प्रदेश अध्यक्षहरुले रिपोटिङ गर्नुभएको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>