Samriddhipost
२०८२ फागुन ०२ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० भदौ १५ गते शुक्रबार

एमालेले बैतडिकाे झुलाघाट बाट पाँचथरकाे चिवाभन्ज्याङ्ग सम्म पदयात्रा गर्ने ।

नेकपा (एमाले)ले ‘झुलाघाट–चिवाभञ्ज्याङ पदयात्रा’ अभियान सञ्चालन गर्ने भएको छ । एमालेले मध्यपहाडी लोकमार्गको सुरुआत बैतडीको ‘झुलाघाटबाट पाँचथरको चिवाभञ्ज्याङ पदयात्रा’ अभियान सञ्चालन गर्ने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनले पार्टीले जनतासँग प्रत्यक्षरूपमा हातेमालो गरेर अगाडि बढ्नका लागि पदयात्रा अभियानको आयोजना गरेको बताए । अभियानले मध्यपहाडी लोकमार्गमा पर्ने ठाउँका जनतालाई एमालेसँगको सम्बन्ध थप मजबुद र सुमधुर बनाउने उनको भनाइ थियो । यसअघि एमालेले २०७४ साल फागुनमा मेची–महाकाली अभियान सञ्चालन गरेको थियो ।

“पार्टीमा बहुलता र विविधतालाई तथा संयुक्त आन्दोलनको नीतिलाई स्वीकार गरेको ऐतिहासिक ठाउँ तत्कालीन मालेको चौथो महाधिवशेन भएको सिराहाको अम्बासमा हामीले पार्टीको सचिवालय बैठक राखेर हामीले सम्झ्यौँ”, उनले भने, “त्यसैगरी नै मध्यपहाडी लोकमार्गका जनतालाई हातोमालो गरे सडकमा निकाल्न हामीले पदयात्रा अभियान सञ्चालन गर्ने निर्णय गरेको हौँ ।”

मङ्सिर दोस्रो हप्तादेखि सञ्चालन हुने अभियानमा लाखौं मानिसलाई सहभागी गराइने उनको भनाइ छ । पदयात्राअघि बस्ने पार्टीको केन्द्रीय कमिटी बैठकले अभियानको कार्ययोजना बनाउने प्रचार विभाग प्रमुख गौतमले बताए । 

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>