Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
दाेधारा चादनी
२०८० भदौ १६ गते शनिबार

‘नविन राप्रपा’ को दोधारा चाँदनीमा अन्तरक्रिया, पार्टी प्रति बढ्यो आकर्षण

दोधारा चाँदनी नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रबेश गर्ने युवाहरुको आकर्षण ह्वात्तै बढेको देखिएको छ् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दोधारा चाँदनीले आयोजना गरेको ‘नविन राप्रपा’ को आयोजित अन्तरक्रिया कार्यक्रममा युवाहरुमा पार्टी प्रबेश गर्नेको लहर देखिएको हो । कार्यक्रममा नगर क्षेत्रका झण्डै एक सय भन्दा बढी युवा बिभिन्न पार्टी परित्याग गरि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रबेश गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दोधारा चाँदनीले जनाएको छ् । युवाहरु नेपाली काग्रेंस, नेकपा एमाले तथा नेकपा माओबादी पार्टी परित्याग गरि प्रजातन्त्र पार्टी (राप्रपा) पार्टीमा प्रबेश गरेका हुन् । नव प्रबेश भएका युवाहरुलाई प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरुले अबिर माला लगाएर स्वागत तथा सम्मान गर्दै देश र जनताको पक्षमा कार्य गर्न निर्देशन दिएका छन् । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रिय सदस्य धर्मराज जोशी, बरिष्ठ अधिबक्ता तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रिय सदस्य हिक्मत सिंह भण्डारी, जिल्ला अध्यक्ष गजेन्द्र चन्द, महिला संघ केन्द्रिय सदस्य लक्ष्मी सिंह चन्द, जिल्ला सदस्य शिशिर थापा, महिला संघ जिल्ला सचिव लक्ष्मी मल्ल, कोषाध्यक्ष राजकुमार चन्द, पार्टी प्रदेश सदस्य तमान सिंह गुरुङ्ग, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दोधारा चाँदनी नगर अध्यक्ष बिर बहादुर शाह, दोधारा चाँदनी नगरपालिका–१ का वडाध्यक्ष बिक्रम चन्द, वडा नं. ५ का वडाध्यक्ष केशव खत्री लगाएत राप्रपाका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो । युवा–महिलालाई पार्टीमा महत्वपूर्ण हिस्सा बनाउने राष्ट्रिय प्रजातन्त्र पार्टीको नविन राप्रपाको घोषणा संगै दोधारा चाँदनीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बिभिन्न राजनितिक गतीबिधी गर्दै जाने भएअनुसार आज अन्तरक्रिया सम्पन्न गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)  का नेता तथा दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले जानकारी दिएका छन् । कार्यक्रममा जल्दोबल्दो राजनितिक परिस्थिती तथा नगर क्षेत्रको बिकासको लागी पार्टीको भुमिका बारेमा अन्तरक्रिया गरिएको नेता खत्रीले बताएका छन् । युवाहरुको जमात पार्टी प्रबेशले पार्टीमा नयाँ राजनितिक तरंग उत्पन्न गरेको बताईएको छ् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>