Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
दार्चुला
२०८० भदौ २७ गते बुधबार

माओवादी रुपान्तरण हुँदै पुगे घर आगनमा दुःख सुख साट्दै ।

आजभोलि जनताको घरदैलोमा गई (माओवादी केन्द्र) का नेताहरुले आफू रुपान्तरण हुदै जनयुद्धको झझल्को दिनेगरी काम गरिरहेका छन् । दार्चुलमा  मालिकार्जुन गाउँपालिका को वडा नं १/२ मा जिम्मेवारी पाएका वैकल्पिक केन्द्रीय सदस्य गणेश सिंह खत्री र प्रदेश कमिटी सदस्य करन सिंह कार्कीको टिमले अहिलेको समयमा जनताको घरदैलोमा गई मकै भित्र्याउने कार्य गरिरहेको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ।

स्टन्ट बाजीका लागि मात्रै नभई साच्चिकै माओवादी हरु रुपान्तरण सहित जनताको घरदैलोमा गई माओवादी को बारेमा पुनजार्गरण गरिरहेको यो अभियान नेपालको समृद्धिका लागि कोशेढुंगा बन्छ भनी नेता खत्रीले बताएका छन्।

मालिकार्जुन मा सहिदका परिवार संग भेटघाट गरिरहेका छौं, देखिने गरी काम गरिरहेका छौं, साच्चिकै हामीले ३ महिने अभियानमा देखावटी का लागि मात्रै नभई वास्तवमै रुपान्तरण सहितको परिणाम देखाउँछौं, अर्का नेता कार्कीले बताए। पार्टीले जिम्मेवारी दिए अनुरुप वडा कमिटि, टोल कमिटि, सदस्यता थप र नविकरण को कार्य पनि संगै गरिरहेको नेता खत्रीलाई उद्धृत गर्दै ओमप्रकाश धामीले जानकारी दिएका छन्। माओवादी केन्द्र को यतिबेला देशैभरी ३ महिने पार्टी रुपान्तरण सहितको अभियान चलिरहेको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>