Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०८० असोज ०६ गते शनिबार

नेकपा (एमाले) जिल्ला कमिटी बझाङले पालिका स्तरीय प्रशिक्षक–प्रशिक्षण कार्यक्रमलाई तीव्रता दिएको छ । दोस्रो चरणको कार्यक्रम अन्तर्गत शुक्रबार जिल्लाको बित्थडचिर गाउँपालिकामा प्रशिक्षक–प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

नेकपा (एमाले) गाउँपालिका कमिटीका अध्यक्ष दिपेन्द्र बोहराको अध्यक्षतामा सम्पन्न दुई दिने प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि पार्टीका पोलिटव्युरो सदस्य एवम् बझाङ जिल्लाका इन्चार्ज राजेन्द्र सिंह रावल रहेका थिए ।

 प्रमुख अतिथि रावल, केन्द्रीय सदस्य अफिलाल ओखेडा, केन्द्रीय सल्लाहकार परिषदका सदस्य कलक खड्का, प्रदेश कमिटीका सचिवालय सदस्यद्धय दिल बहादुर भण्डारी र जनकराज जोशी, जिल्ला कमिटी सचिव आनन्दलाल विक, उपसचिव भागिरथी सिंह, जयपृथ्वी नगरपालिकाका पूर्व मेयर तथा जिल्ला कमिटी सदस्य बिरेन्द्र खड्कालगायतले विभिन्न विषयमा सहभागीहरुलाई प्रशिक्षित गरेको जिल्ला कमिटी सदस्य लोकेन्द्र बोहराले जानकारी दिए ।

शनिबार देखि केदारस्यु गाउँपालिकामा प्रशिक्षक–प्रशिक्षण कार्यक्रम सुरु गरिएको पालिका कमिटीका अध्यक्ष लोकेश भण्डारीले बताए ।  नेकपा (एमाले) ले पहिलो चरणमा भदौं ८ देखि २५ गतेसम्म जिल्लाका जयपृथ्वी नगरपालिका, छबिसपाथिभेरा गाउँपालिका, तलकोट गाउँपालिका, मष्टा गाउँपालिका, सुर्मा गाउँपालिका र बुंगल नगरपालिकामा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकेको छ ।

दोस्रो चरण अन्तर्गत बाँकी रहेका गाउँपालिकाहरुमा असोज ४ गतेबाट पुन : कार्यक्रम सुरु गरिएको पोलिटव्युरो सदस्य तथा जिल्ला इन्चार्ज रावलले बताए ।  उनका अनुसार प्रशिक्षण कार्यक्रममा सम्बन्धित गाउँपालिकामा रहेका जिल्ला कमिटी सदस्य, पालिका कमिटीका पदाधिकारी, वडा कमिटीका अध्यक्ष र सचिवहरु, एमालेबाट निर्वाचित जनप्रतिनिधि तथा जनसंगठनका प्रमुख सहभागी छन् । 

दुई दिने प्रशिक्षण कार्यक्रममा पार्टीको १० औं महाधिवेशनद्धारा पारित सिद्धान्त, नीति, कार्यक्रम र कार्यदिशा, जनताको बहुदलीय जनवाद, नेपालको राजनीतिक पार्टीको तुलनात्मक अध्ययन, माक्र्सवादी संस्कृति र संस्कृति रुपान्तरण, संगठन निर्माण, सञ्चालन र व्यवस्थापन, नेतृत्व विकास, महिला अधिकार र कानुन, माक्र्सवादी दर्शन, सुचना सञ्चार र प्रविधि लगायत समसामयीक विषय वस्तुहरुमा प्रशिक्षण दिने गरिएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>