Samriddhipost
२०८२ फागुन ०२ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० कार्तिक ०१ गते बुधबार

बिधुतका कर्मचारिले स्थानियलाई पाेलमा चढाउदा घाइते उपचारमा समेत लापरबाही गरेकाे आफन्तकाे आराेप

विद्युत प्राधिकरणको लापरवाही एक जना करेन्ट लागेर घाईते भएका छन ।
मार्मा गाउँपालिका वडा नम्बर छ पत्थरकाडा/अईतेछला सजे टोल घर भएका राेहितकाेट्टारि घाईते भएका हुन ।

देश भर नेपाल सरकारले विद्युत सेवालाई गाउँ गाउँ सम्म विस्तार गर्दै जाने लक्ष्य अनुसार मार्मा गाउँपालिका वडा नम्बर  ६ स्थित पत्थरकांडा सिरोली र चौसिल टोलमा पनि विगत केही दिन अघि विद्युतको राष्ट्रिय  लाईन स्थानीय हरुको पहलमा गाउँमा पुगेको थियो । त्यसै लाईनमा खराबी आउँदा विगत ५/६ दिन देखि गाउँ  अन्धकार बनेको अवस्थामा लाईन मर्मत गर्न बिधुत कर्मचारिले पाेलमा चढाउदा दुर्घटना भई राेहित घाईते भएकाे स्थानियले बताएका छन ।

स्थानिय दिपेन्द्र डडाले समृद्धि पाेष्टलाई भने राेहितले विद्युत प्राधिकरणका कर्मचारीहरूलाई फोन गरेर बोलाउँदा बल्ल आए पनि बिच बाटो सम्म मात्रै आए र रोहितलाई लाईन मर्मत गर्न ती कर्मचारीहरूले आग्रह गरेपछि उ पोलमा चढ्छ विद्युतको लाईन काटेका छौ भनेर पोलमा चढ्न लगाई सव स्टेसन बाट लाईन छोडेको पत्तो नदिई रोहित करेन्टको झड्काले पोलबाट खस्यो । रोहितलाई गम्भीर चोट लागेको छ । घटनालाई छामछुम पार्न रोहित र रोहितका आफन्तलाई ललाईफकाई घटना स्थलबाट पिडितलाई स्थानीय स्वास्थ्य संस्था लगेर प्राथमिक उपचार पछि धनगढी रिफर गरेको छ ।  कर्मचारीहरुको यति सम्म लापरवाही हुदा समेत नेपाल विद्युत प्राधिकरण मौन बसेको छ राम्ररि उपचार समेत नगरिदिएकाे बताएका छन ।

घटनाका प्रत्यक्षदर्शी  स्थानिय एक युवा नाम गाेप्य राख्ने सर्तमा बताउछन विद्युत प्राधिकरणका कर्मचारीहरु बिचबाटोमै रक्सी धोकेर बसेका र कोट्टारीलाई बिना सुरक्षाका साधन अनबिज्ञलाई काम गर्न लगाएको हाे। राेहित पनि बत्ति आउने भए ठिक छ काम गरिदिन्छु भनेर पाेल चढेका हुन ।

घटनामा सत्यतत्थ तत्काल छानविन गरि पिडितको उचित उपचार गरि राहतको व्यबस्था गरिदिन विद्युत प्राधिकरणलाई राेहितका आफन्तकाे अनुराेध छ ।

यश बिषयमा बिधुत प्राधिकरण दार्चुला शाखा संग सम्पर्क स्थापित हुन सकेन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>