Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
२०८० चैत ०३ गते शनिबार

दार्चुला समाजकाे प्रथम साधारणसभा सम्पन्न यस्ताे छ कार्यसमिति

दार्चुला समाज कञ्चपुरको प्रथम साधारण सभा सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका विच दार्चुला समाज दार्चुला समाज कञ्चपुरको प्रथम साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा दार्चुलाका विभिन्न क्षेत्रमा कार्यरत रहेका व्यक्तित्वहरुलाई सम्मान गरिएको छ ।
हालै सुप प्रदेश सरकारको सह सचिवमा बढुवा भएका सहसचिवद्वय दुर्गादत्त विष्ट, डा.पान सिह ठगुन्ना, सुप प्रदेश सभा सदस्य लक्ष्मी विक, बेदकोट उपमेयर तुलसी जोशी, बेदकोट नपा ८ का वडाध्यक्ष महेशराज जोशी, बेदबकोट नपा ९ का वडाध्यक्ष जनकसिह विष्ट, शुक्लाफाँटा नपा ८ का वडाध्यक्ष बहादुर सिह महरा, भीनपा ३ वडा सदस्य मिना कुवर, भीनपा १२ वडा सदस्य राजेन्द्र प्रशाद पन्त, भानु पाटी प्यालेसका संचालक भानुदेव जोशी, होटल ९-११का संचालक कमल बहादुर सिह सहितलाई सम्मान गरिएको छ ।
दार्चुला समाजको प्रथम साधारण सभाबाट अध्यक्षमा पुन भीम बहादुर साउद, उपाध्यक्ष भवानी प्रशाद पन्त, सचिव निरन्जन विष्ट, सह सचिव मनोज भट्ट। कोषाध्यक्ष विजयालक्ष्मी अवस्थी चयन भएका छन ।
सदस्यहरु महादेव जोशी, मोहन ठगुन्ना, पदम विष्ट, पुर्णिमा धामी, नर सिह बडाल, धर्मराज जोशी, सुरेन्द्र जोशी, लक्ष्मी धामी, बिमला ओझा(भट्ट), जयराज भट्ट, कृष्ण सिह साउद चयन भएका छन ।
दार्चुला समाज कञ्चनपुरको अध्यक्षमा चयन भएका भीम बहादुर साउद सहितका पदाधिकारीहरुले दार्चुलाको लोक संस्कृति, परम्परा सहितका समस्या उजाकर गर्ने प्रतिबद्धता जाहेर गरेका छन । कार्यक्रममा दार्चुला समाजका पदाधिकारी, सदस्य सहितको सहभागिता रहेको थियो ।

स्थापनाका समय सक्रिय रहेका कतिपय सदस्यहरुकाे नामावलि नै नरहेकाे, समिति बनाउने नीति पद्दति समेत बनाउन नसकेकाे आराेप केही सहभागी सदस्यहरुले लगाएका छन । समिति चयन हुदाका समयमा उपस्थिति समेत न्यून रहेकाे सहभागी बताउछन ।


#दार्चुला समाज

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>