Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
भावना बडू
२०७८ कार्तिक २६ गते शुक्रबार

कञ्चनपुरका सीडीओलाई ज्ञापन पत्र समेत एक लिटर डिजेल
ज्ञापन पत्र बुझाउदै अनेरास्ववियु कंचनपुर अध्यक्ष कमल राेकाया

महेन्द्रनगर । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कञ्चनपुरले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।

युवा संघ कञ्चनपुरका उपाध्यक्ष दिनेश विष्ट र अनेरास्ववियुका जिल्ला अध्यक्ष कमल रोकायाद्धारा हस्ताक्षरित ज्ञापन पत्र र एक लिटर डिजेल शुक्रबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेमार्फत प्रधानमन्त्रीलाई बुझाएका हुन् ।

परमादेशबाट बनेको सरकारको निर्देशनमा पटक–पटक नेपाल आयल निगमले मूल्य वृद्धि गरी जनताका आधारभूत आवश्यकताको वेवास्ता गरेको युवा संघ र अनेरास्ववियुको आरोप छ ।

युवा संघ र अनेरास्ववियुले  मूल्य वृद्धि खारेज नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ । नेपाल आयल निगमले बुधबार पेट्रोलियम पदार्थ र ग्यासकाे मूल्य १२ दिनकाे अन्वृतरमा दाेस्राे पटक मुल्य बृद्घि गरेकाे थियो ।

प्रतिक्रिया